कांग्रेस, कम्युनिष्ट र मधेसी नेताहरू म्याद गुज्रेका ‘औषधि’

|

जनकपुरधाम : जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले अहिले पनि पार्टीको मुख्य एजेण्डा ‘जनमत संग्रह’ नै रहेको बताएका छन्।

जनकपुरको रंगभूमि मैदानमा आयोजित आमसभालाई सम्बोधन गर्दै उनले सरकारसँग सम्झौता गरे पनि ‘जनमत संग्रह’को मुद्दा नत्यागेको दावी गरेका हुन्।

उनले भने, ‘अबकी माग, जनमत संग्रहका ऐलान’ एउटै माग थियो। र त्यो माग सरकारसँग सम्झौता गर्दा पूरा भएको छ।’

डा. राउतले सरकारसँगको सम्झौताले विजयी हासिल भएको भन्दै यसलाई कसैले गलत अर्थ नलगाउन भनेर चेतावनीसमेत दिए।

उनले दलाल पार्टीहरूको जस्तो लेनदेन गरी सम्झौता नगरेको दावी गरे। उनले चुनावमा जसलाई दलाल पार्टीहरूले गाली गरेका थिए, उसैको सरकारमा पुग्न लेनदेनको सम्झौता नगरेको बताए।

सम्बोधनको क्रममा पटक पटक मधेसवादी दलका नेताहरूको आलोचना गरे। उनले मधेसी नेताहरूलाई दलालको संज्ञासमेत दिए। उनले कांग्रेस, कम्युनिष्ट र मधेसी नेताहरू म्याद गुज्रेको ‘औषधि’ भएको टिप्पणी गरे।

कोटबाट ट्यावलेटको पत्ता निकालेर जनतालाई देखाउँदै भने, ‘यो औषधि हो। तर, म्याद गुज्रेको छ भने काम गर्छ? गर्दैन। यो खाएपछि रियाक्सन गरी ज्यान लिन्छ। यस्तै भइसकेको छ कांग्रेस, कम्युनिष्ट र दलाल पार्टीहरू। त्यसैले अब उनीहरूमाथि विश्वास नगर्नूस्।’

‘दलाल पार्टीहरूले चुनावका बेला ओलीलाई भोट नदिने भनेका थिए, डा. राउतले भने, ‘तर जनताबाट लिएको मत उही केपी ओलीको शरणमा गएर बुझाए। यसले पनि उनीहरु दलाल हो सजिलै बुझ्न सकिन्छ।’

उनले समाजवादी पार्टी पूर्वनेकपा नेताहरूको भएको र उनकै दलाल अहिले पनि रहेको कडा टिप्पणी गरे। उपेन्द्र यादव र अशोक राइ पनि पूर्वएमाले र अन्य नेताहरू पनि पूर्वएमाले नै रहेकाले उनीहरूको अझै पनि मधेसीलाई धोका दिने र सत्तामा पुग्नेबाहेक केही भिजन नभएको आरोप लगाए।

अन्य दलहरूको कडा आलोचना गरेका डा. राउतले अब मधेसी जनताको पार्टी जनमत पार्टी मात्र रह्ने र दलालहरूको पत्तासाफ हुने दावी गरे।

उनले मधेसी जनतालाई पार्टीको सदस्यता लिन आह्वानसमेत गरेका गरे। उनले भने, ‘जनमत पार्टीले जनताको राज ल्याउछ। भ्रष्टाचारको अन्त्य गर्छ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.