|
प्रतीकात्मक तस्विर

कञ्चनपुर : भीमदत्त नगरपालिका १३ स्थित भुजेला हात्तीसार जोड्ने सडक जोड्ने कल्भर्ट निर्माण भएपछि एक घण्टा हिँडेपछि पुगिने गन्तव्य दुई मिनेटमै पार गर्न सकिने भएको छ। कलभर्ट निर्माणअघि २५ हजार रुपैयाँ प्रतिकट्ठा पर्ने यस क्षेत्रको जग्गाको मूल्य अहिले सात लाख रुपैयाँभन्दा बढी पुगेको छ। 

वडा कार्यालयले सात लाख रुपैयाँ खर्चेर कलभर्ट निर्माण पूरा गरेपछि स्थानीय बासिन्दालाई आवतजावतमा निकै सहज भएको हो। 'नालामा कलभर्ट निर्माण नहुँदा एम्बुलेन्स, दमकललगायत साधन बस्तीसम्म पुर्‍याउन सम्भव थिएन', वडाध्यक्ष लालबहादुर शाहीले भने, 'कलभर्ट बनेपछि सवारीसाधन सहज रुपमा बस्तीमा पुग्न थालेका छन्।'

'नालामा कलभर्ट नहँुदा तीन किलोमिटरको घुमाउरो बाटो भएर जान एक घण्टा लाग्थ्यो,' स्थानीयवासी रमेश पन्तले भने, 'अब त्यो बाटो दुई मिनेटमै पूरा गर्न सकिने भएको छ, नालामा कलभर्ट निर्माण पूरा नहुँदा बस्तीका कोही बिरामी परेमा नालाको कम्मरसम्मको पानी तरेर पार गर्नु पर्दथ्यो।'

नालामा कलभर्टसँगै तटबन्धसमेत निर्माण गरिएकाले नालाको नजिकैको बस्तीमा बर्षातको पानीसमेत छिर्दैन। नालाको पानी स्थानीय बासिन्दाको खेतमा छिर्दा बालुवाले पुर्ने समस्या थियो। 

नालामा कलभर्ट निर्माणको कार्य १३ वर्षअघि शुरु गरिएको थियो। धेरै पटक नगरपालिकादेखि विभिन्न निकायमा कलभर्ट निर्माण पूरा गरिदिन गाउँका बासिन्दा पुगे पनि बन्न सकेको थिएन।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.