|
प्रतीकात्मक तस्वीर

 संखुवासभा : अरुण तेस्रो जलविद्युत् आयोजनास्थलमा बम विस्फोट भएको छ। आइतबार बिहान चिचिला गाउँपालिका–३ स्थित अरुण तेस्रो जलविद्युत आयोजनाको जलविद्युत् गृह छेउमा कुकर बम विस्फोट भएको भएको हो।

विस्फोटमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताको संलग्न रहेको बताइएको छ। बम विस्फोटबाट अरुण तेस्रोले राखेको जेनेरेटरमा क्षति पुगेको छ।

कुकर बम पड्किँदा जेनेरेटर नजिकै पर्खालमा पनि क्षति पुगेको छ। जिल्ला प्रहरी कार्यालयले यसबारेमा थप विवरण आइनसकेको जनाएको छ। प्रहरीले अहिलेसम्म कसैलाई पनि पक्राउ गरेको छैन। घटनास्थलमा कुकरका टुक्राहरु भेटिएका छन्।

विप्लवले बम पड्काइरहँदा एक नम्बर प्रदेश प्रहरी कार्यालयका डिआईजी ठाकुर ज्ञवाली निरीक्षण भ्रमणमा अहिले संखुवासभामै छन्।


 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.