|

काठमाडौं : आगोमा जलेर घाइते सिरहाको औरही गाउँपालिका ५ औरही नवटोलकी २७ वर्षीय अनिताकुमारी यादवको उपचारका क्रममा आइतबार बिहान मृत्यु भएको छ। गत शुक्रबार राति खाना पकाइरहेका बेला अचानक शरीरमा आगो लागेर घाइते भएकी अनिताको काठमाडौँको कीर्तिपुर मोडेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

यसैबीच अनिताको मृत्यु रहस्यमय रहेको भन्दै प्रहरीले अनिताका पति विनोद यादवलाई पक्राउ गरेको छ। घटना शंकास्पद भएकाले अनिताका श्रीमान् विनोदलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी नायब उपरीक्षक विनोदकुमार घिमिरेले जानकारी दिए। 

स्थानीयले घटना भएको घरमा मट्टितेलको बोतल भेटिएकाले घटना शंकास्पद भएको बताएका छन्। वैदेशिक रोजगारीबाट करिब तीन महिना अघि मात्र आएका विनोद र अनिताबीच पछिल्लो केही दिनदेखि सम्बन्ध राम्रो नरहेको स्थानीयको भनाइ छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक घिमिरेले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.