नाम मधेस, जानकी र मिथिला-भोजपुरा प्रस्ताव

|
फाइल फोटो

जनकपुरधाम : प्रदेशसभा गठन भएको झण्डै २ वर्ष बित्न लाग्दा बल्ल प्रदेश २ को स्थायी राजधानी टुंगो लागेको छ। प्रदेशको स्थायी राजधानी जनकपुरधाम तोक्ने सहमती बनेको हो।

प्रदेशको नामकरण र राजधानी टुंगो लगाउने सन्दर्भमा सभामुख सरोजकुमार यादवको संयोजकत्वमा संसदीय विशेष समिति गठन भएको छ। उक्त समितिले राजधानी जनकपुरधाम नै कायम गर्ने निर्णय सर्वसम्मतले गरेको छ।

उत्तरमा धनुषाको मिथिला नगरपालिकाको ढल्केवर, दक्षिणमा भारतको अन्तर्राष्ट्रिय सीमा तथा पूर्व र पश्चिमतर्फ मिथिला माध्यमिकी परिक्रमा क्षेत्रलाई राजधानीको सिमाना तोकेको छ। यो सीमाभित्र राजधानी तोक्ने विषयमा सहमती जुटेको सभामुख यादवले बताए। समितिमा सर्वसम्मतिले उक्त प्रस्ताव पारित भएकाले प्रदेशसभाबाट समेत पारित गर्न समस्या नहुने उनको भनाइ छ।

प्रदेशको राजाधानी र नाम सम्बन्धमा प्रमुख प्रतिपक्षी नेकपा, सत्तारुढ राजपा र समाजवादी पार्टीले भदौ ५ मा अहिले पारित गरिएको प्रस्ताव प्रदेशसभा बैठकमा दर्ता गराएका थिए। नेपाली कांग्रेसले भने जनकपुरधाम उपमहानगर पालिकाभित्र राजधानी हुनुपर्ने प्रस्ताव गरेको थियो।

‘नेपाली कांग्रेसले जनकपुरधाम उपमहानगरपालिका भित्रको क्षेत्रलाई राजधानी तोक्न प्रस्ताव गरेको थियो’, समिति संयोजक तथा सभामुख यादवले भने, ‘तर भोलीको दिनमा उपमहानगरबाट महानगर पनि बन्न सक्छ। त्यसैले उपमहानगरभित्र सीमित नगर्न आग्रह गरेपछि संसदीय दलका नेता रामसरोज यादव सहमत हुनुभयो।’

समिति संयोजक यादवले भाषाको विषय टुंगो लगाउन भोलिका लागि बैठक बस्न लागेको जानकारी दिए। उनका अनुसार माघ महिनाभित्रै भाषाको पनि टुंगो लगाएर प्रदेशसभाबाट पारित गर्ने तयारी छ।

सत्तारुढ समाजवादी र राजपाले संयुक्त रूपमा प्रदेश २ को नाम मधेस प्रदेश राख्न प्रस्ताव प्रदेशसभामा गरेका छन्। प्रमुख प्रतिपक्षी नेकपाले प्रदेशको नाम जानकी र प्रतिपक्षी नेपाली कांग्रेसले मिथिला-भोजपुरा राख्न प्रस्ताव गरेका छन्।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.