|

पाँच पटक एनबीए च्याम्पियन र ओस्कार जितेका अमेरिकी बास्केटबल लेजेण्ड कोबे ब्रायन्टको हेलिकोप्टर दुर्घटनामा मृत्यु भएको छ।

क्यालिफोर्नियाको कालाबासस शहरमा भएको यो दुर्घटनामा कोबे, उनकी छोरी गियनासहित नौ जना मानिसहरुको ज्यान गएको छ। 

४१ बर्षीय ब्रायन्ट आफ्नै नीजि हेलिकोप्टरमा यात्रा गरिरहेका थिए। लस एन्जलस प्रहरीले हेलिकोप्टरमा यात्रारत कोही पनि जीवित नरहेको जानकारी दिएको छ।

ब्रायन्टलाई अमेरिकी बास्केटबलमा अहिलेसम्मकै महान खेलाडी मानिन्छ।

उनको निधनप्रति अमेरिकी खेलाडी, कलाकार र राजनीतिज्ञहरुले शोक व्यक्त गरेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.