बढेकै हो त वार्षिक साढे २ लाख रोजगारीको आधार?

|

काठमाडौं :  वैदेशिक रोजगार विभागको तथ्यांकलाई आधार बनाउने हो भने काम र मामको खोजीमा विदेश जानेको संख्या दिन प्रतिदिन घटेको छ। नेपालमा उपयुक्त काम र दाम नपाएको कारण विदेश जानुपर्ने अवस्था क्रमश: कम हुँदै गएको विभागको तथ्यांकले देखाउँछ। 

आर्थिक वर्ष ०६५/६६ बाट वैदेशिक रोजारीमा जानेको संख्या बढ्दै गएकोमा आर्थिक वर्ष ०७०/७१ मा अत्यधिक बढी वैदेशक रोजगारीमा गएको श्रम विभागबाट अन्तिम श्रम स्वीकृति लिएको संख्याले देखाएको छ। आर्थिक वर्ष ०७०/७१ मा वार्षिक दुई लाख १९ हजार अर्थात् प्रतिदिन दैनिक ६०२ जना वैदेशिक रोजगारीमा जाने गरेकोमा आर्थिक वर्ष २०७०/७१ सम्म आइपुग्दा अहिलेसम्मकै उच्च पुगेको हो। 

०६५/६६ पछि ०७०/७१ मा आइपुग्‍दा क्रमश: दैनिक ६०६, ८०५, ९८६, एक हजार ५३, एक हजार २४२ र एक हजार ४४६ पुगेको थियो। तर, आर्थिक वर्ष ०७०/७०१ पछि वैदेशिक रोजगारीमा जानेको संख्या निरन्तर घटेकोमा यो आर्थिक वर्षदेखि आर्थिक वर्ष ०७६/७७ सम्म दैनिक क्रमश: एक हजार ४०५, एक हजार १४७, एक हजार ९३, ९९१, ६६८, र चालु आर्थिक वर्षमा ६५४ जनाले दैनिक अन्तिम श्रम स्वीकृति लिएका छन्।

अघिल्लो ६ वर्षमा एक वर्षको अन्तरालमा दैनिक १५० जनाले बढ्दा पछिल्लो पाँच वर्षमा दैनिक १६० जनाले घटेको देखिएको छ। सबै कुरा आयात गरेर श्रमिक निर्यात निरन्तर बढाएको नेपालको लागि यो तथ्यांक उत्साहित भए पनि देशमा औद्योगिक सुधार वा स्वरोजगारको फल नभएको व्यवसायीहरू बताउँछन्।

विश्‍वका विभिन्न देशमा आएको मन्दी, खाडीका देशमा गरिएको श्रम कटौतीका साथै पछिल्लो तीन वर्ष मलेसियामा नेपाली कामदार नगएको कारण वैदेशिक रोजगारीमा जानेको संख्या कमी भएको वैदेशिक रोजगार विभागका निवर्तमान अध्यक्ष रोहण गुरुङ बताउँछन्। 

वैदेशिक रोजगारीमा जानेको संख्या आधा घटे पनि रेमिट्यान्स भने घटेको छैन। अत्यधिक रोजगारी घटेको पछिल्लो पाँच वर्षमा रेमिट्यान्स वृद्धिदरमा चालु आर्थिक वर्षमा कमी आए पनि अंक भने घटेको छ। नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार आर्थिक वर्ष ०७०/७१ मा दैनिक एक अर्ब ८२ करोड २० लाख रुपैयाँ रेमिट्यान्स आउने गरेकोमा चालु आर्थिक वर्षमा दुई अर्ब ५० करोड ६० लाख रुपैयाँ बढेको छ। 

निजी क्षेत्रले अहिले पनि देशमा औद्योगिक तथा व्यावसायिक वातावरण नबनेको गुनासो गरेका छन्। नेपालको अर्थतन्त्रमा मनिटरिङ गरेका अन्तर्राष्ट्रिय निकायहरूको प्रतिवेदनले पनि व्यावसायिक वातावरणमा सुधार आएको प्रतिवेदन देखाएका छैनन्।

तर, अर्थमन्त्री डा. युवराज खतिवडा भने बैंकबाट बढेको कर्जा, वैदेशिक रोजगारीमा जानेको संख्यामा आएको कमि नै व्यावसायिक वातवरणमा सुधार भएको बताउने गरेका छन्। 

खतिवडाले केही वर्ष रेमिट्यान्स बढाउन र वैदेशिक रोजगारीमा जानेको संख्या घटाउन सकिए पनि परस्पर प्रभाव पार्ने यस्तो कार्य निरन्तर नहुने बताए। 'यहाँ रेमिट्यान्स धेरै बढाउनु परेको छ, वैदेशिक रोजगारीमा जानेको संख्या निरन्तर घटाउनुपर्ने छ' यसरी टिप्पणी गर्दा अर्थतन्त्रको सैद्धान्तिक धरातलमा बसेर बहस गर्न सकिँदैन।' खतिवडाले भने। 

श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जानेको संख्या निरन्तर घटे पनि पढ्नको लागि विदेश जानेको संख्या भने निरन्तर बढेको छ। जसको परभाव रेमिट्यान्समा पनि देखिएको राष्ट्र बैंकका अधिकारीहरूको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.