|
फाइल फोटो

तनहुँ : बन्दीपुर गाउँपालिका–४ लोहीपाखाका सुकबहादुर सुनारका १० वर्षीय छोरा इसक सुनारको चितुवाको आक्रमणबाट ज्यान गएको हो।

सोमबार साँझ करिब साढे छ बजे बिहे भोज खाएर आमासँग घरतर्फ फर्कँदै गरेका बालकलाई चितुवाले आक्रमण गर्दा ज्यान लिएको डिभिजन वन कार्यालय तनहुँका प्रमुख डिभिजन वन अधिकृत केदार बरालले जानकारी दिए। आमा अलिकति अगाडि हिँडिरहेको र बालक बीचमा तथा अन्य स्थानीय पछाडि रहेको स्थानीयवासी बताउँछन्। बीच भागमा भएर हिँडिरहेको बालकलाई चितुवाले अचानक आक्रमण गरी घिसारेर लगेको उनीहरुले बताए। बालकसँगै आएका अन्य स्थानीयवासीले चिच्याएपछि करिव १०० मिटर पर लगी छाडेर चितुवा भागेको उनीहरुको भनाइ छ। 

चितुवाको आक्रमणबाट दुई वर्षको अवधिमा जिल्लामा नौ बालबालिकाको ज्यान गएको छ। भानु नगरपालिकामा ६, शुक्लागण्डकी नगरपालिकाका एक, आँबुखैरेनी गाउँपालिकाका एक र बन्दीपुर गाउँपालिकाका एकजनाको ज्यान गएको छ। २०७४ फागुन १ मा भानु–३ दोरदोरका ६ वर्षीय विशाल श्रेष्ठ, २०७५ कात्तिक २९ मा जोखानेका चार वर्षीया रञ्जिता लम्साल, मंसिर १९ मा ढल्केबरका १० वर्षीय अमृत गुरुङ, २०७६ जेठ २४ मा भकुण्डेथोकका नौ वर्षीया पुष्पा अधिकारी र असोज २१ मा जामुनेगैह्राका चार वर्षीय आशिष बानिया र २०७६ पुस २१ मा आँबुखैरेनी रानागाउँका ८ रानागाउँका पुजन सिंजाली मगरको ज्यान लिइसकेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.