|

ताप्लेजुङ : जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले नेपाली सेना र अन्य सुरक्षा निकायका लागि निर्धारण गरिएको पोशाकसँग मेल खाने कपडा बिक्री तथा प्रयोग गर्न निषेध गरेको छ। 

जिल्लामा यस्ता कपडा खुला रुपमा बिक्री भइरहेको र सर्वसाधारणले समेत प्रयोग गरिरहेको हुनाले प्रशासनले त्यसमा निषेध गरेको हो। प्रकाशनले सोमबार सूचना प्रकाशन गरेर जानकारी गराएको छ। प्रशासन कार्यालयको सूचना उल्लंघन गरेर बिक्री वितरण तथा प्रयोग गरिएको पाइए कानुन बमोजिम कारबाही गरिने जनाइएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.