|

पर्वत : दाउरा काट्दै गरेको पल्टिएको मुढाले किचेर पर्वतमा एक महिलाको मृत्यु भएको छ।

मृत्यु हुनेमा फलेवास नगरपालिका–८ ठानामौलाकी  ५५ वर्षीयाा पुतली विक रहेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए। 

सोमबार दाउरा कटिरहेका बेला माथि रहेको  उत्तिसको मुढाले किच्दा विक गम्भीर घाइते भएकी थिइन्। उनको उपचारको क्रममा जिल्ला अस्पताल पर्वतमा सोमबार साँझ मृत्यु भएको हो। विकको शव मंगलबार पोष्टमार्टम गरी परिवारलाई जिम्मा लगाउने डिएसपी तिवारीले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.