केन्द्रीय कमिटीमा एमसिसीले प्रवेश पाउँदै

|
फाइल फोटो

काठमाडौँ : केन्द्रीय कमिटीको बैठकको बिषयमा छलफल गर्नको लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक बस्दैछ। मंगलबार अपरान्ह नेकपाको सचिवाल बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको हो।

माघ १५ गते हुन लागको केन्द्रीय कमिटीको बिषयमा छलफल गर्न नेकपाको सचिवालय बैठक बोलाइएको महासचिव विष्णु पौडेलले जानकारी दिए।

बैठकमा पार्टी एकतापछि पहिलो पटक बस्न लागको केन्द्रीय कमिटीको बैठकको एजेण्डाको बिषयमा छलफल हुनेछ। केन्द्रीय कमिटी बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदत प्रस्तुत गर्ने तयारी गरेका छन्।

यस्तै, पौडेलले विधान संशोधन प्रस्ताव पेश गर्ने कार्ययोजना बनाइरहेका छन्। नेकपाको केन्द्रीय कमिटीमा ४ सय ४१ सदस्य छन्। 

सचिवालय बैठकमा पार्टीभित्र विवादमा रहेको एमसिसीले पनि प्रवेश पाउने बताइएको छ। एमसिसीको संसदबाट पारित गराउनुपर्ने शर्त छ।

लामो समयपछि रिक्त सभामुखमा नयाँ आएपछि एमसिसीको बिषयमा पनि छलफल हुदैछ। स्थायी कमिटीको बैठकमा तिव्र विवादपछि त्यसको निर्णय गर्ने जिम्मा सचिवालमा पुगेको थियो। 

सचिवालय बैठक बस्नुअगावै प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीच बैठकको एजेण्डाको बिषयमा छलफल बालुवाटार स्रोतले जनायो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.