प्रतिपक्षीलाई विश्‍वासमा लिन सरकारलाई आग्रह

|

काठमाडौं : प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाले अमेरिकी परियोजना एमसिसी संसदबाट पास गर्नैपर्ने बताएका छन्। 

नवनिर्वाचित सभामुख अग्नि सापकोटालाई बधाई दिन प्रतिनिधि सभाको बैठकमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। 

‘एमसिसीबाट यति ठूलो सहयोग आएको छ। यस्तो सहयोग अमेरिकाबाट कहिले आएको थिएन’, उनले भने, ‘यस्तो आर्थिक सहयोग सदुपयोग गर्नुपर्छ। बिजुलीको लाइन विस्तारमा हामीले यसलाई सदुपयोग गर्नुपर्छ।’

सभापति देउवाले निर्वाध प्रेस स्वतन्त्रतामा तलमाथि हुन नहुनेमा जोड दिए। ‘लोकतन्त्र र अभिव्यक्ति स्वतन्त्रता प्रतिकूल विधेयकहरु, टेलिफोन ट्यापिङका कुराहरु फिर्ता गरियोस्। यसलाई पास गर्नुहुँदैन’, उनले भने, ‘हामीले यो कुरा भनिरहेका छौँ। प्रधानमन्त्रीले बोलेपछि आस लाग्यो, लोकतन्त्रविरुद्ध कोही जानु हुँदैन।’

देउवाले संसदलाई प्रभावकारी बनाउन प्रतिपक्षलाई विश्वासमा लिन पनि सत्तापक्षलाई आग्रह गरे। उनले शान्ति प्रक्रियाका काममा सहयोग हुने बचन दिए। उनले कोरोना भाइरस न्यूनीकरणमा पहल आवश्यक रहेको पनि बताए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.