अमेरिकाले भनिसक्यो, चीनले बोलिसक्यो, अब एमसिसीबारे कसलाई आपत्ति भयो यहाँ?

|
फाइल तस्बिर

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता शेरबहादुर देउवाले नवनिर्वाचित सभामुखको सफल कार्यकालको शुभकामना दिँदै आफ्नोतर्फबाट पूर्ण सहयोग रहने प्रतिबद्धता जनाएका छन्।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटालाई सफलताको शुभकामना दिँदै विपक्षी दललाई सधैँ विश्वासमा लिएर अघि बढ्न आग्रह गरे।  विपक्षी दललाई विश्वासमा लिएर काम गर्न सकेमा मात्रै सिंगो संसदले सफलता प्राप्त गर्ने भन्दै उनले त्यसतर्फ गम्भीर हुन सभामुखको ध्यानाकर्षण गराए। 

उनले भने, 'मलाई विश्वास छ। सभामुख भइसकेपछि तपाईं कुनै पार्टीको सभामुख होइन नि। सम्पूर्ण सभाको सभामुख हो। खासगरी प्रतिपक्षीलाई विश्वासमा लिएर अघि बढ्नुहोला। भोलिका दिनमा तपाईंको सफलताका लागि यिनी कुराहरूमा हाम्रो पार्टीले पूरापूरा सहयोग गर्ने बचन दिन्छु।'

उनले संविधानको मर्म प्रतिकुल हुने विधेयकहरूलाई पास सदनबाट पास गराउन नहुनेतर्फ पनि सभामुखको ध्यानाकर्षण गराए। उनले भने, 'अहिले प्रधानमन्त्रीले लोकतन्त्रका कुरा गर्नुभयो। खुसी लाग्यो लोकतन्त्रका खिलापका विधेयकहरू हटाउनुपर्‍यो।'

उनले कोरोना भाइरस जोखिमको न्यूनीकरणमा विशेष पहल गर्न पनि उनले सरकारको ध्यानाकर्षण गराए। उनले भने 'कोरोना भाइरसका बिरामी नेपालमा छिरिसकेको भन्ने सुनेको छु। कारोना भाइरस जोखिम न्यूनीकरण गर्न २४ घण्टे हेल्प डेक्स राख्नु पर्‍यो। चीनसँगको सिधा उडानले झन जोखिम पुर्‍याएको छ।'

प्रधानमन्त्रीले आफ्नो सम्बोधनका क्रममा उल्लेख गरेको केही प्राकृतिक धक्काका बारेमा उनले प्रश्न गरे। 'प्रधानमन्त्रीले धक्काको कुरा गर्नुभएको छ। के धक्का हो यो? कहाँबाट आउने हो धक्का। कसले धक्का दिने भएको छ? कसले धक्का दिनख सक्छ हामी पनि हेरूम। धक्का कसले दिँदै छ प्रधानमन्त्री बोल्नुभएको छैन।'

उनले अमेरिकी सरकारको ठूलो सहयोग रहेकाले एमसिसी अनुमोदन गर्नुपर्नेमा जोड दिए। उनले भने 'अमेरिकाले भनिसक्यो। चीनले बोलिसक्यो हामीलाई आपत्ति छैन भनेर। कसले आपत्ति गरेको छ यहाँ?'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.