|

काठमाडौं : समाजवादी पार्टीका सांसद डा.बाबुराम भट्टराईले विशिष्ट व्यक्तिहरुको मर्यादाक्रम नमिलेको तर्फ ध्यानाकर्षण गराएका छन्। 

मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा नवनिर्वाचित सभामुख अग्‍नि सापकोटालाई बधाई दिने क्रममा उनले यस्तो ध्यानाकर्षण गराएका हुन्।

'सभामुख, राष्ट्रपति र उपराष्ट्रपति पछिको वरियताक्रममा हुनुपर्नेमा त्यस्तो भएन', उनले भने, 'राष्ट्रपति र उपराष्ट्रपति पछिको मर्यादाक्रममा आउनुपर्ने सभामुख हो । तर दुर्भाग्य हामीले अरुको देखासिकि गरेर कार्यकारणीलाई अगाडी राख्यौँ।’

नीति निर्माण हुने थलो प्रतिनिधिसभा भएपनि कानुन बनाउने भन्दा कानुनको व्याख्या गर्ने मर्यादाक्रममा अगाडी रहेको उनले बताए।

'न्यायपालिका जसले व्यवस्थापिकाले बनाउने ऐन कानुनको व्याख्या गर्छ त्यसका प्रमुख पनि व्यवस्थापिकका पमुख भन्दा माथि राखेर लोकतन्त्रको गरिमालाई अवमुल्यन गरिरहेका छौँ', उनले भने, 'यहाँको नेतृत्वमा यो विषयमा ध्यान पुगोस भन्ने आग्रह गर्दछु।’

सदनलाई जीवन्त राख्न प्रतिपक्षी दलका कुराहरुलाई प्राथमिकतामा राखेर सदनमा प्रयाप्त छलफल गराउनेतर्फ पनि उनले सभामुखको ध्यानाकर्षण गराएका छन्।

उनले द्वन्दकालिन मुद्दाहरुलाई सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका माध्यमबाट चाँडो टुंगो लगाउनुपर्ने मागसमेत गरेका छन्। 

ठूलो क्रान्ति र विस्तृत शान्ति सम्झौतापछि गठन भएका आयोगले लामो समयसम्म पनि काम गर्न नसक्नु गम्भीर विषयमा भएको बताउँदै उनले  कुनै एक व्यक्तिको मुद्दालाई लिएर कसैलाई फाइदा नहुने बताए।

भिडियो

'द्वन्द्वकालका मुद्दा एक–एक गरी बल्झाउन खोजिएको छ', उनले भने, 'व्यक्ति–व्यक्तिमा जाने हो भने १७ हजार मानिस मारिएका छन्, कसरी समाधान हुन्छ?'

टीकापुर घटनालाई राजनीतिक घटनाका रुपमा लिएर रेशम चौधरी लगायतका विषयमा सोच्न पनि उनले आग्रह गरे। 

भट्टराईले हालै सभामुखमा निर्वाचित अग्‍नि सापकोटासँग सम्बन्धित द्वन्द्वकालिन मुद्दालाई नागरिक समाजका केही सदस्यहरु र मानवअधिकारकर्मी उठाउन थालेको सन्दर्भमा यस्तो अभिव्यक्ति संसदमा दिएका हुन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.