सिडिओले कानुनको दुरुपयोग गरेको आरोप

|

काठमाडौं : राष्ट्रियसभको विशेष समयमा बोल्ने सदस्यले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्।

मंगलबारको बैठकमा बोल्दै राष्ट्रियसभा सदस्य बलराम बास्कोटाले विदेशबाट आउने तरकारीमा रोकिएको जाँच प्रकृया सुरु गर्न सरकारको ध्यानाकर्षण गराएका हुन्। 

विषादीयुक्त तरकारी खान बाध्य हुनुपरेको भन्दै उनले विदेशबाट आउने तरकारी रोकिएको जाँच प्रक्रिया सुरु गर्न सरकारको ध्यानाकर्षण गराएका हुन्।

उनले कृषिको व्यावसायीकरण, बजारीकरण र शहकारीकरण तथा युवालाई कृषिमा परिचालन गर्ने विषयमा भएको प्रगति जानकारी गराउन पनि कृषि मन्त्रालयको ध्यानाकर्षण गराए।

कोरोना भाइरसबारे तयारी गर्नू

राष्ट्रियसभा सदस्य प्रकाश पन्थले चीनलगायत दर्जनौ मुलुकमा फैलिएको कोरोना भाइरसको संक्रमण नेपालमा पनि देखिन सुरु भएकाले पूर्वतयारीका लागि सरकारले काम सुरु गर्नेतर्फ सरकारका ध्यानाकर्षण गराए।

नेपालमा अहिलेसम्म २ जनामा यसको संक्रमण देखिएको उल्लेख गर्दै पन्थले चीनमा अध्ययनरत नेपाली विद्यार्थी र विभिन्न पेशा व्यवसायमा संलग्न व्यक्तिहरूलाई सुरक्षित नेपाल फर्काउने कुरामा गम्भीरतापूर्वक लाग्न सरकारर्लाइ आग्रह गरे।

नेपालमा भ्रमणवर्ष चालिरहेको अवस्थामा विश्व समुदायलाई नेपाल सुरक्षित छ भन्‍ने विश्वास दिलाउने गरी काम गर्न आग्रह गर्दै उनले कोरोनाको संक्रमण थप फैलिन नदिन प्रभाकारी उपाय अपनाउन पनि आग्रह गरे।

उनले उखु किसानहरूसँग सरकारले सम्झौता गरे पनि अझैसम्म उनीहरूको भुक्तानी दिन नसकेको प्रति पनि सरकारको ध्यानाकर्षण गराए। सीमा सुरक्षा र विवाद समाधानका विषयमा पनि उनले सरकार गम्भीर हुन नसकेको आरोप लगाए।

सरकारले आफ्नो कार्यकालमा कामभन्दा पनि काण्डहरू बढी विश्वास गरेको भन्दै ऐन नै बनाएर सरकार भ्रष्टाचारमा लिप्त भएको आरोपसमेत लगाए। पन्थले प्रधानमन्त्री केपी शर्मा ओलीलाई व्यंग्यसमेत गरे। 

सदन कराउँदै जान्छ सरकार पिना सुकाउँदै जान्छ भन्‍ने उखान संशोधन गर्न उनले प्रधानमन्त्रीलाई व्यंग्य गरेका हुन्। विश्वविद्यालय र संवैधानिक आयोगहरूमा पदाधिकारी नियुक्त गर्न नसकेको तर्फ पनि उनले सरकारको ध्यानाकर्षण गराए।

अर्का सदस्य कमला ओलीले महिलाहरूको सशक्तीकरणका लागि पुरुष सरह महिलाहरूलाई पनि विकाशका काममा सहभागि गराउन आग्रह गरिन्। 

पञ्चायती व्यवस्थाविरुद्धको आन्दोलनमा पनि महिलाहरूको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै उनले विराटनगर जुटमिलमा भएको मजदुर आनलदोलनमासमेत महिलाहरूको भूमिका अग्रपंक्तिमा रहेको स्मरण गरिन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.