|

काठमाडौं : नेपाली सेनाले हिताधिकारी सैनिकका टुहुरा बालबालिकालाई कक्षा १ देखि कक्षा १२ सम्म निःशुल्क अध्ययन गराउने भएको छ।

दाङको घोराही तथा सुर्खेतमा आयोजित सम्मेलनमा प्रधान सेनापति पूर्णचन्द्र थापाले सैनिक महाविद्यालयहरूमा हिताधिकारी सैनिकका टुहुरा बालबालिकाहरुलाई कक्षा १ देखि १२ सम्म निःशुल्क अध्ययन गराउने कार्यक्रम अघि बढेको बताए।

शिक्षाको पहुँचबाट बञ्चित नहुन भनेर आगामी शैक्षिक शत्रबाट नै लागू हुनेगरी हिताधिकारी मध्ये श्रीमान् तथा श्रीमती दुवैको मृत्यु भई टुहुरा भएका बालबालिकाका लगि उक्त अवसर प्रदान गरिने उनले बताए।

प्रधानसेनापति थापाले स्वरोजगार कार्यक्रमअन्तर्गत सैनिक श्रीमती संघको पहलमा व्यावसायिक तालिम केन्द्र छाउनीबाट सुरु भएको सीपमूलक कार्यक्रम प्रितनातहसम्म यहि वर्षबाट विस्तार गरिएको बताए। नेपाली सेनाले सैनिक दिवसका अवसरमा काठमाडौं उपत्यकाबाट सुपथ मूल्य पसल पनि सञ्चालन गर्ने भएको छ।

बजार मूल्यभन्दा १० देखि १९ प्रतिशतसम्म सस्तोमा सामान उपलब्ध गराउने योजना सेनाले लिएको छ। नेपाली सेनाले लमजुङको बेसिसहरमा स्थापना गरेको नेपाली सेना व्यावसायिक कृषि तथा पशुपालन तालिम केन्द्रमा पिजेटिए र भिजेटिएका अतिरिक्त अन्य छोटो अवधिका तालिम सञ्चालन गर्न प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम केन्द्रबाट सम्बन्धन प्राप्त गरेको थापाले बताए।

नेपाली सेनाले उद्यमशिलता कर्जा कार्यक्रम पनि सुरु गरेको छ। नेपाल इन्भेष्टमेण्ट बैंकसँग सहकार्य गरी सेनाले बढीमा १५ लाखसम्म कर्जा लिन मिल्ने व्यवस्था गरेको हो। भूतपूर्व सैनिक श्रीमती, एकल महिला तथा अविवाहित छोरीलाई बढीमा ५ वर्षका लागि ३ दशमलव ९८ प्रतिशत ब्याजदरमा १५ लाख रुपैयाँसम्म कर्जा उपलब्ध हुनेछ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.