|
फाइल तस्बिर

काठमाडौं : त्रिभुवन आर्मी क्लब शहीद स्मारक ‘ए’ भिडिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ।

कप्तान भरत खवासको निर्णायक गोलको मद्दतमा जाउलाखेल युथ क्लबलाई १-० गोल अन्तरले पराजित गर्दै विभागीय टोली आर्मी शीर्ष स्थानमा उक्लिएको हो। अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा भएको खेलमा अन्तिम १५ मिनेट बाँकी रहँदा आर्मीले गोल गर्दै लिगको शीर्ष स्थानमा फर्किएको हो।

दोस्रो स्थानको मच्छिन्द्रभन्दा एक अंकले अगाडि रहँदा आर्मीले २० अंक जोड्न सफल भएको छ। पहिलो हाफ गोलरहीत बराबरी खेलको आर्मी दोस्रो हाफमा मात्र गोल गर्दै अग्रता लिन सफल भएको हो।

पहिलो हाफमा जावलाखेलले उत्कृष्ट खेल्दै आर्मीमाथि दबाब राखे पनि पाएको अवसरलाई सदुपयोग गर्न नसक्दा झिनो अन्तरले अंक सुम्पिन बाध्य भयो। ७५ औं मिनेटमा भरतले गोल गर्दै टोलीको जितलाई सुनिश्चित गरेका थिए।

नवौ चरणको खेल चलिरहँदा साविक विजेता मनाङ मस्र्याङ्दी र मच्छिन्द्रबीचको समिकरणले  लिगको उपाधि होड रोमाञ्चक बन्दै छ। मच्छिन्द्र समान ९ खेलबाट १९ अंकका साथ तालिकाको दोस्रो स्थानमा अटाउँदा एक कम खेलेको मनाङ १६ अंकका सात तालिकाको तेस्रो स्थानमा छ। मनाङले बुधबार संकटाको सामना गर्न बाँकी छ ।

लिगअन्तर्गत मंगलबारै सम्पन्न दिनको पहिलो खेलमा सरस्वतीले हिमालयन शेर्पामाथि नाटकिय ४–३ को जित निकालेको छ। आठौं चरणको चरणको खेल सकिँदासम्म मात्र दुई गोल गरेको सरस्वतीले मंगलबार मात्र चार गोल गर्दै हिमालयन शेर्पामाथि ४–३ को  जित निकाल्न सफल भएको हो।

यसअघि सरस्वतीले फ्रेन्ड्स र एपिएफविरुद्ध एक÷एक गोल गरेको थियो। मंगलबारको जितसँगै सरस्वतीले जारी लिगमा पहिलो जित निकालेको छ। यस्तै एक खेलमा बराबरी खेलेको सरस्वतीको ४ अंक भएको छ। सरस्वतीले ब्रिगेड ब्वाइजसँग गोल रहित बराबरी खेल्दै अंक बाँडेको थियो।

सरस्वतीको जितमा काजिम बुसारीले दुई गोल गर्दा विनोद केसी र मनिष थापाले समान एक-एक गोल गरे। यस्तै, हिमालयनका लागि आशिष गुरुङ, रबि थापा मगर र विजय श्रेष्ठले एक-एक गोल फर्काए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.