|
फाइल तस्बिर

दैलेख : जिल्लाको महावु गाउँपालिका ६ लामिडाडाँमा बुधबार साझ चट्याङ लागरे एकजनाको मृत्यु भएको छ। अन्य चारजना घाइते भएका छन्।

चट्याङ लागेर घाइते भएकी ३३ वर्षीया निर्मला कामीको उपचारका लागि अस्पताल ल्याउँदै गर्दा बाटोमो मृत्यु भएको हो।  घाइते भएकी कामीलाई उपचारका लागि अस्पताल ल्याउँदाल्याउँदै मृत्यु भएको जिल्ला प्रहरीका कार्यालय दैलेखका सूचना अधिकारी एवं प्रहरी निरीक्षक नैनबहादुर सावदले बताए।

उनले चट्याङ लागेर घाइते भएका महावु गाउँपालिका-६ का ३० वर्षीया मनिसा विक, २९ वर्षीया झुपा विक २७ वर्षीया कोपिला विक २१ वर्षीय नवराज कार्की घाइते भएको बताए। उनका अनुसार घाइतेहरू समान्य उपचारपछि घर फर्काएका छन्। मृतक कामीको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल दैलेखमा ल्याईएको प्रहरी निरीक्षक सावदले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.