निर्यात बढ्दै, आयात घट्दै

|
फाइल फोटो

काठमाडौं :  चालु आर्थिक वर्षको पहिलो महिनादेखि कमी आएको आयात व्यापार र बढेको निर्यात व्यापार छैटौँ महिनामा पनि निरन्तरता पाएको छ।

६ महिनाको अवधि विभन्‍न देशबाट ६ खर्ब ९४ अर्ब ६९ करोड रुपैयाँको सामान आयात भएको छ। पछिल्लो दशक औषत १० देखि २० प्रतिशतको व्यापार वृद्धिदर भएकोमा चालु आर्थिक वर्षमा ब्रेक लागेर पनि घटि आएको हो।

चालु आर्थिक वर्षको ६ महिनासम्म आइपुग्दा ४.०४ प्रतिशतले घटेको छ। ६ महिनाको अवधिमा ६ खर्ब ९४ अर्ब रुपैयाँको आयात भएको छ। जवकि गत वर्ष सोही अवधिमा सात खर्ब २३ अर्ब रुपैयाँ रहेको थियो।

आयात घट्नुका साथै निर्यात बढेको छ। निर्यात वृद्धिदर गत वर्षको तुलनामा २६ प्रतिशतले बढेको छ। ६ महिनाको अवधिमा ५७ अर्ब २७ करोडको निर्यात भएको छ। गत वर्ष सोही अवधिमा ४५ अर्ब ४१ करोड रुपैयाँको भएकव थियो। यस हिसावले निर्यात १२ अर्ब बढेको छ।

आयात घटेको र निर्यात बढेको अवस्थामा व्यापार घाटा ६ प्रतिशतले कमि आएको छ। गत वर्ष ६ महिनको अवधिमा ६ खर्ब ७८ अर्ब रुपैयाँको व्यापार घाटा रहेकोमा चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा ६ खर्ब ३७ अर्ब रुपैयाँ मात्रै रहेको छ।

अर्थमन्त्री डा. युवराज खतिवडाले चालु आर्थिक वर्ष भर नै निर्यात वृद्धिदरले निरन्तरता पाउने र आयात केही घट्ने बताएका छन्।

भन्सार विभागका महानिर्देशक समुन दाहाल पनि आयातलाई निरुत्साहित गरिएकै कारण कमि आएको बताउछन्। '२० प्रतिशतको आयात वृद्धिदर हुन् गरेकोमा चालु आर्थिक वर्षमा निरन्तर कमी आएको छ, सरकारले आयातलाई केही निरुत्साहित गरेको र स्वदेशी उद्योलाई प्रवर्द्धन गरेकै कारण यो तथ्यांक हासिल भएको हो’, दाहालले भने।

चालु आर्थिक वर्षको पहिलो महिना देखि आयात घटेको छ। पहिलो महिना ११ प्रतिशतले कमी आएपनि ६ महिनासम्म आइपुग्दा ४.०४ प्रतिशत मात्रै कायम भएको छ।

यो अवधिमा सबैभन्दा ६१ प्रतिशत आयात व्यापार र ७० प्रतिशत निर्यात व्यापार भारतबाट मात्रै भएको छ। भारतबाट चार खर्ब २३ अर्बको आयात व्यापार हुदा ४० अर्बको निर्यात व्यापार भएको छ। भारतसँग मात्रै ३ खर्ब ८३ अर्ब रुपैयाँको व्यापार घाटा रहेको छ।

चीनसँग एक खर्ब १८ अर्बको आयात व्यापार र एक अर्ब निर्यात व्यापार भएको छ। चीनसँग निर्यात भन्दा आयात ११८ गुणा बढी छ भने भारतसँग १५ गुणाले बढी छ।

१२ अर्ब ५३ करोड १७ लाख रुपैयाँको डिजेल र नौ अर्ब ४९ रकोड ९० लाख रुपैयाँको आयात भएको छ। त्यस्तै निर्यात तर्फ सबैभन्दा बढी सबैभन्दा बढी पाम तेलको रहेको छ।

निर्यातमा २२ प्रतिश हिस्सा पाम तेलको रहेको छ। पुस २३ गतेबाट भने भारत सरकाले पाम तेलको आयातमा प्रतिवन्ध लगाएसँगै निर्यात वृद्धिदरमा असर पार्ने अर्थविद्हरूको भनाई रहेको छ। तर आयात खुलाउन नेपाल सरकारले निरन्तर प्रयास गरिरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.