|

कञ्चनपुर : घर आगलागीबाट जलेपछि कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ११ कलुवापुरका प्रताप बिष्ट राहत रकमका नगरपालिका कार्यालय धाउँदै आएका छन। चार महिनादेखि नगरपालिका कार्यालय पुगेपनि उनले राहत रकम पाउन सकेका छैनन्।

बिष्टको घर गत असोज २७ गते जलेको थियो। घर जल्दा उनले तीन लाख रुपैयाँभन्दा बढीको क्षति व्यहोर्नु परेको छ। बिष्ट शारिरिक अपाङ्गता भएका व्यक्ति हुन। 'कमाई केही छैन,' उनले भने, ‘घरमा कमाउने पनि छैनन्, आगलागी हुँदा घर पुरै जल्यो, त्यसभित्र राखिएको लताकपडासँगै खाद्यान्न जलेर नोक्सान हुँदा विचल्लीमा परेका छौं।’

नगरपालिकामा राहत र क्षतिपूर्तिका लागि पुग्दा जिल्ला प्रशासन कार्यालयमा पठाउछन्‌। जिल्ला प्रशासन कार्यालयमा पुग्दा नगरमा पठाउने गरिएको छ। 'राहत र क्षतिपूर्ति कुनैपनि निकाय बाट पाउन नसक्दा जनप्रतिनिधी आएको अनुभूति हुन सकेको छैन,' उनले भने, ‘जनप्रतिनिधिले अश्वासन मात्रै दिन्छन, सहयोग नगर्दा मन खिन्‍न भएको छ।’ 

बिष्टजस्तै विपद्‌मा परेर क्षति व्यहोरेका परिवार नगरपालिका कार्यालयमा राहत र क्षतिपूर्तिका लागि पुग्ने गरेपनि जनप्रतिनिधि र कर्मचारीबाट अश्वासन मात्रै लिएर फर्कने गरेका छन। कञ्चनपुरका धेरै परिवारको धान, उखुलगायत बालीमा जंगली हात्तीले क्षति पुर्‍याएको छ।

जंगली हात्तीबाट क्षति व्यहोरेका कुनै पनि परिवारले राहत रकम भने पाउन सकेका छैनन्। जंगली हात्तीको आक्रमणमा परेर मृत्यु भएका परिवारलाई भने नगरपालिकाले किरिया खर्च वापत २५ हजार रुपैयाँ उपलव्ध गराएको थियो। सरकाले सिफारिस गरेको 'गरिमा' जातको धानमा बाला नलागेपछि नगरपालिका क्षेत्रका ८८ जना बढी किसानले नोक्सानी व्यहोरेका छन्‌, ती किसानले पनि अहिलेसम्म क्षतिपूर्ति पाएका छैनन्‌। 

गरिमा धान खेती गरेका किसान मिनादेवी चौधरीले १५ कठ्ठा जग्गामा लगाईएको गरिमा धानमा बाला नलागेपछि नगरपालिकादेखि प्रदेश सरकार सम्मलाई गुहारिसकेका छन्‌, तर क्षतिपूर्ति रकम पाउन सकेका छैनन्‌।

खेतमा लगाएको धान हेर्न पुगेका नगर प्रमुख, प्रदेश सभा सदस्य र कृषि कार्यालयका उच्च अधिकारीहले राहतका लागि पहल गर्ने आश्वासन दिएपनि हालसम्म उपलव्ध नगराएको उनले बताईन। 

शुक्लाफाँटा नगरपालिकाका नगरप्रमुख दिल बहादुर ऐरका अनुसार नगरपालिकाको विपद् शाखामा आगलागी, हावाहुरी, बाढी, जंगली जनावर पीडित गरी १८१ जनाले राहत र क्षतिपूर्तिका लागि निवेदन दिएका छन्‌।

नगरपालिकाको पाँचौं नगरसभाले दैवीप्रकोप कोषका लागि १० लाख रुपैयाँ बजेट विनियोजन गरेकोमा हावाहुरी पीडित र विपद्का कारण मृत्यु भएका परिवारलाई पाँच लाख रुपैयाँ प्रदान गरिएको उनले बताए।

कोषमा थोरै रकम रहेको र धेरै निवेदन आएका कारण छानबीन गरेर क्षतिका आधारमा उचित रकम प्रदान गरिने नगरप्रमुख ऐरले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.