शीर्ष नेताले नै गुटबन्दी गरेको भन्दै चर्को आलोचना

|

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी नेकपाभित्र गुट–उपगुट मौलाउँदै गएको छ। दुई धारका कम्युनिष्ट पार्टीहरू एक भएर बनेको नेकपामा गुट–उपगुटले प्रवेश पाएको हो। 

नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय समिति बैठकमा पेश  गरेको राजनीतिक प्रतिवेदन र महासचिव विष्णु पौडेलको सांगठनिक प्रतिवेदनमा गुट–उपगुटले पार्टी ग्रस्त भएको प्रष्ट्याएका छन्। 

यसअघिको स्थायी कमिटीको बैठकमा पनि नेकपाले गुट झांगिँदै गएको जनाएको थियो। तत्कालीन एमाले र माओवादी केन्द्रबीचको पार्टी एकताको २१ महिनमै नेकपालाई गुटले सताउन थालेको छ। पार्टी अध्यक्ष र महासचिवको प्रतिवेदमै पार्टीभित्र गुटले ग्रस्त पारेको जनाएपछि नेकपाभित्र शीर्ष नेताहरू नै आरोप प्रत्यारोपमा उत्रिएका छन्। 

शीर्ष नेताले नै गुट चलाएको आरोप

नेकपाको जारी केन्द्रीय कमिटीको बैठकमा केन्द्रीय सदस्यहरूले नै पार्टीभित्र गुट चलाएको भन्दै शीर्ष नेताहरूको आलोचना गरेका छन्। जारी केन्द्रीय कमिटीको बैठकमा केन्द्रीय सदस्य तथा प्रधानमन्त्री ओलीका प्रेस सल्लाहाकार सूर्य थापाले अध्यक्ष प्रचण्डले गुट चलाएको लिखितरूपमै आरोप लगाए।

सभामुख चयन, एमसिसी लगायतको विषयलाई लिएर प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीचको सम्बन्धमा तीक्तता भएको थियो। सभामुख चयनको विषयलाई लिएर प्रस्तावित उपाध्यक्ष तथा संगठन विभागको प्रुमख वामदेव गौतमका घरमा अध्यक्ष दाहालको नेतृत्वमा भेला भएको थिए।
शुक्रबार बैठकमा थापाले २९ बुँदे लिखित सुझाव दिँदै प्रधानमन्त्री ओलीलाई असफल पार्न दाहाल सक्रिय भएको आरोप लगाएका थिए। पार्टीभित्र गुटकै कारणले नेकपाभित्र प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीचको सम्बन्धमा समेत चिसोपना आएको छ। 

सभामुख चयन, एमसिसी लगायतको विषयलाई लिएर प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीचको सम्बन्धमा तीक्तता भएको थियो। सभामुख चयनको विषयलाई लिएर प्रस्तावित उपाध्यक्ष तथा संगठन विभाग प्रमुख वामदेव गौतमका घरमा अध्यक्ष दाहालको नेतृत्वमा भेला भएको थिए। 

गौतमनिवास भैँसेपाटी भेलाले अध्यक्ष दाहालप्रति प्रधानमन्त्री ओली सशंकित भएका छन्। दाहालको नेतृत्वमा झलनाथ खनाल, माधव नेपाल, नारायणकाजी श्रेष्ठ, भीम रावल लगायतको नेताहरूले भेट गरेका थिए।

भैँसेपाटी भेलाबाट दाहालप्रति रुष्ट भएका ओलीका प्रेस संयोजकले नै केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष दाहालले गुटको नेतृत्व गरेका आरोप लगाएपछि केन्द्रीय सदस्यले पार्टी नेतत्वको चर्को आलोचना गरिरहेका छन्। अध्यक्ष दाहालको नेतृत्वमा भैँसेपाटी, खुमलटारलगायत क्षेत्रमा भेला जमाएको उनको आरोप छ। 

तत्कालीन माओवादीको भागमा परेको सभामुख पदमा प्रधानमन्त्री ओलीले अडान कसेपछि दाहाल नेतृत्वको टोली गौतम निवास भैँसेपाटीमा भेला भएको थियो। अध्यक्ष दाहाल नेतृत्वको भेलाले प्रधानमन्त्री ओलीविरुद्ध उत्रने रणनीति बनाइसकेको बताइएको थियो। तर, प्रधानमन्त्री ओलीकै निर्देशनमा भेला भएको सहभागी नेताहरूको तर्क थियो।

केन्द्रीय कमिटीको बैठकमा केन्द्रीय सदस्य हिमाल शर्माले नेताहरूले नै गुटबन्दी भन्दै चर्को आलोचना गरे। शीर्ष नेताहरूले आफैँले गुटबन्दी गरेर गुटबन्दी भयो भन्ने कुरा आफैँ ल्याएको आरोप लगाए। नेताहरूले गुटबन्दी गरेर जनताको काममा भन्दा आफ्नै व्यापार व्यवसाय र आम्दानीको स्रोतमा जुटको उनले आरोप लगाए। 

गुट बलियो बनाउन सक्रिय

नेकपामा दुई ठूला पार्टी एकतापछि पनि गुटबन्दीले मौलाएको छ। पार्टी एकतापछि पनि अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली पनि आफ्नै गुटमा दरिलो बनाउन सक्रिय छन्।

महासचिव विष्णु पौडेल, स्थायी समिति सदस्य सुवास नेम्वाङ, प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ, विष्णु रिमाल, शंकर पोखरेल, केन्द्रीय सदस्य कृष्णगोपाल श्रेष्ठ, गोकुल बाँस्कोटालगायत नेता ओली गुटमा सक्रिय छन्।  

प्रचण्डलाई साथ दिनेमा को को?

भैँसेपाटी भेलाबाट दाहालप्रति रुष्ट भएका ओलीका प्रेस संयोजकले नै केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष दाहालले गुटको नेतृत्व गरेका आरोप लगाएपछि केन्द्रीय सदस्यले पार्टी नेतृत्वको चर्को आलोचना गरिरहेका छन्। अध्यक्ष दाहालको नेतृत्वमा भैँसेपाटी, खुमलटारलगायत क्षेत्रमा भेला जमाएको उनको आरोप छ।

यस्तै, अर्का अध्यक्ष प्रचण्ड पनि आफ्नो गुटमा नेता तान्ने ध्याउन्नमा देखिन्छन्। उनलाई पनि पूर्व-माओवादी केन्द्रकै नेताहरूले साथ दिएका छन्। प्रचण्डलाई स्थायी समिति सदस्य अग्निप्रसाद सापकोटा, वर्षमान पुन, जनार्दन शर्मा, शक्ति बस्नेतलगायत नेताले साथ दिएका छन्।  

तत्कालीन एमाले खेमाभित्र वरिष्ठ नेता माधव नेपाल अलग छन्। उनी पनि ओलीसँग असन्तुष्ट छन्। पूर्वएमालेकै नेता नेपालपछि वादेवम गौतम पनि शक्तिको खोजीमा छन्।

उनी पनि ओलीसँग सन्तुष्ट छैनन्। तत्कालीन माओवादी केन्द्रभित्रका नेताहरू पनि पाटीभित्र आफ्नै शक्ति र आफ्नै गुट दरिलो बनाउने संयन्त्रतिर केन्द्रित भएका छन्।

तत्कालीन माओवादीका गृहमन्त्री रामबहादुर थापा, प्रवक्ता नारायणकाजी श्रेष्ट पार्टी पार्टीभित्र आफ्नो शक्ति बढाउने दाउमा छन्।  तर, पार्टी एकतापछि ओली निकटका नेपाल, गौतमलगायत नेता रुष्ट भएपछि ओली दाहालभन्दा कमजोर देखिएका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.