|

दैलेख : जिल्लाको भैरवी गाउँकालिका-२ रावतकोटका एक बालकको बोलेरो जिपको ठक्करबाट मृत्यु भएको छ। बेलेरोको ठक्करबाट भैरवी गाउँपालिका २ बस्ने झक्ड थापाका चार वर्षीया छोरा प्रकाश थापाको मृत्यु भएको हो।

भैरवी गाउँपालिकाको डाडीमाडी बजारबाट दैलेख सदरमुकाम आउँदै गरेको लु १ च ६२९२ नम्बरको डबल ग्याप बोलेरोको ठक्करबाट प्रकाशको मृत्यु भएको दैलेखका प्रहरी प्रमुख हरिबहादुर ओलीले बताए।

बोलेरो चालक बलबहादुर सुनारलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ। बोलेरोको ठक्करबाट घाइते भएका बालकलाई उपचारका लागि दैलेख अस्पताल ल्याइएको थियो। उनको उपचारका क्रममा आइतबार साँझ मृत्यु भएको प्रहरी प्रमुख ओलीले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.