यौन सम्बन्धपछि सात हजारको विवादमा हत्या

|

हेटौँडा : माघ ४ गते बिहान हेटौंडाको क्याम्पाडाँडामा मृत फेला परेकी तेस्रो लिंगी अजिता भुजेलको हत्यामा सम्लग्नलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले पक्राउ गरेर सार्वजनिक गरेको छ।

मृत अवस्थामा फेला परेकी भुजेलको हत्या भएको भन्दै जिल्ला प्रहरी कार्यालय मकवानपुरले अनुसन्धान सुरु गरेको १८औँ दिनमा हत्यामा संललन भएको भन्दै पाँचजनालाई सार्वजनिक गरेको हो।

हत्यामा संग्लन भएको भन्दै प्रहरीले हेटौँडा-११ बस्ने वर्ष वर्षीया एलिसा पाख्रिन, हेटौँडा-४ बस्ने २४ वर्षी आशिष बल, हेटौँडा-१४ बस्ने २१ वर्षीय बुद्ध लामा, हेटौँडा-९ बस्ने १८ वर्षीय सिमोन परियार र हेटौँडा-४ बस्ने २५ वर्षीय सुशील थापा मगर रहेका छन्।

सात हजार नहुँदा हत्या

सहमतिमा यौन सम्पर्कपछि पैसा दिने क्रममा विवाद भएर अजिताको हत्या भएको हालसम्मको अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सुशीलसिंह राठौर जानकारी दिए।

राठौरका अनुसार हेटौँडा-११ थानाभर्‍याङमा सिमोन परियारले ल्याएको ना. ६ ख ६५२७ नम्बरको ट्रक मृतक अजितासँग हत्यामा संलग्न चारजनाले यौन सम्पर्क गर्ने सहमति गरेका थिए। जसका लागि सात हजार रुपैयाँमा 'डिल' भएको थियो।  अजिताले आफ्नो स्कुटर साईड लगाई ट्रक चढेकी थिइन्,  ट्रकका  सहचालक रहेका परियारसहित क्याबिनमा चारैजनाले यौन सम्पर्क गरेपछि अजितासँग भएको सहमतिअनुसार सात हजार रुपैयाँ चारजनाले नदिएपछि विवाद भएको उनले बताए। 

विवादपछि चारैजना मिलेर ट्रकभित्रै अजिताको हत्या गरेको अनुसन्धानबाट खुलेको प्रहरी उपरिक्षक राठौरले बताए। अजिताले पैसा नलिई नछोड्ने भएपछि ट्रकमा रहेको बिजुलीको तारले घाँटीमा कसेर हत्या गरेको प्रहरीले जनाएको हो। अजिताको हत्यापछि माघ ४ गते बिहान ३ बजेतिर हेटौँडा ५ क्याम्पाडाँडामा लाश ट्रकबाटै फालेर हत्यामा संलग्नहरू भागेको प्रहरीले जनाएको छ। 

मोबाइल अनपछि हत्याको पर्दाफाँस

प्रहरीका अनुसार मोबाइल अन भएपछि हत्यामा संलग्नहरूको सिलसिलेबार ढंगले पर्दाफास भएको हो। अजिताको हराएको ओप्पो मोबाइल हत्यामा संलग्न परियारले बुद्ध लामालाई दिएको र बुद्ध लामाले साथी आशिषलाई दिएका थिए। आशिषले आफ्नी श्रीमती एलिसालाई दिएका थिए।

एलिसाले मोबाइल अन गरेपछि प्रहरीले सबैलाई पक्राउ गरेको हो। घटनामा संलग्न दुईजना फरार रहेका छन्। महानगरीय प्रहरी महाशाखा टेकु विशेष अनुसन्धान टोली र मकवानपुर प्रहरीको टोलीको अनुसन्धानबाट अभियुक्तलाई पक्राउ गरेको मकवानपुरका प्रहरी उपरीक्षक राठौरले बताए।

कडा कारबाहीको माग

हत्यामा संलग्न भएकाहरूलाई कडा कारबाहीको माग गर्दै तेस्रो लिंगीको हकहितको लागि लड्दै आएको संस्था नीलहिरा समाज (ब्लु डाइमण्ड सोसाइटी) जिल्ला प्रहरी कार्यालय मकवानपुर पुगेका छन्। सोसाइटीका सुरज थापाले प्रहरी उपरीक्षक राठौरलाई तेस्रो लिंगीको ज्यान विभिन्न कारणले खतरामा रहेको र राज्यले समेत हेला गरेको भन्दै कानुनी कारबाहीको लागि कुनै कन्जुस्याइँ नगर्न आग्रह गरेकी हुन्।

हत्यामा संग्लन हुनेहरूलाई  मुलुकी अपराध (संहिता) ऐन २०७४ को परिच्छेद १२ को ज्यानसम्बन्धी कसुरअन्तर्गत कसुर गरेको हुँदा जन्म कैदसमेत हुन सक्ने कानुनी प्रावधान रहेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.