|

अर्घाखाँची : रुपन्देहीको सैनामैना-२ कालिकाचोकमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। दुर्घटनामा रोल्पा नगरपालिका-३ खुमले निवासी २५ वर्षीय ताराप्रसाद केसीको ज्यान गएको प्रहरीले जनाएको छ।

शुक्रबार करिब ४:२० बजेतिर पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको लु. २६प ८१८० नम्बरको मोटरसाइकलले सोही दिशातर्फ नै जाँदै गरेको लु. २ख ३७९८ नम्बरको टिपरलाई ओभरट्याक गर्ने क्रममा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ।

मोटरसाइकलले ओभरट्याक गर्दा टिपर भने आफ्नै तीव्र गतिमा गुडिरहेको स्थानीय प्रत्यक्षदर्शीले बताएका छन्। मोटरसाइकल अनियन्त्रित भइ टिपरमूनी परेको थियो।

दुर्घटनामा घाइते चालकलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पुराउनेबित्तिकै मृत्यु भएको इलाका प्रहरी कार्यालय रन्यौरा मुर्गियाका प्रहरी निरीक्षक मनोज कुमार श्रेष्ठले जानकारी दिए। उनका अनुसार चालक र टिपरलाई इलाका प्रहरी कार्यलय मुर्गियाले नियन्त्रणमा लिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.