|

रुपन्देही : कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसालले निर्वाहमुखी कृषिलाई नाफामुखी बनाउन जोड दिए। लुम्बिनी प्रेस क्लबको भवनको भैरहवामा शिलान्यास गर्दै मन्त्री भुसालले कृषि श्रमलाई उद्योगसँग जोड्नुपर्ने बताए। 

मन्त्री भुसालले विकासको क्षेत्रमा पार्टीकरण नगरी सबैको अपनत्व हुने गरी वर्तमान सरकारले काम अगाडि बढाइरहेको र केही दिनमै मन्त्रालयको योजनासहित सार्वजनिक हुने बताए। उनले भने, 'मैले अध्ययन गरिरहेको छु। म मन्त्री भएपछि शुरुमा आत्तिएँ। अब करिब ६० वर्षको कृषिले नगरेको काम के हो भनी मैले बुझेँ। केही दिनमा देखिने गरी कामको शुरुवात हुन्छ।' 

कार्यक्रममा प्रदेश सांसद सन्तोष पाण्डे, फकरुद्दिन खान, संविधानसभाका पूर्वसदस्य इस्तियाक अहमद खान, उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य कृष्णप्रसाद शर्मा, प्रजिअ महादेव पन्त, उद्योग व्यापार संगठन रुपन्देहीका अध्यक्ष नारायण भण्डारीलगायतले लुम्बिनी प्रेस क्लबको गतिविधिले लुम्बिनी क्षेत्रको विकासमा टेवा दिएको बताए।  

क्लबले १२ धुर जग्गामा चारतलाको अपांङमैत्री भवन बनाउने क्लबका अध्यक्ष दीपेश पछाईंले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.