प्रदेश लोकसेवा संशोधन विधेयकमाथि छलफल

|

हेटौँडा : सोमबारबाट सुरु भएको प्रदेशसभाको बैठक दोस्रो दिन पनि बागमती प्रदेशसभामा कोरोना भाइरसको विषयले चर्चा पाएको छ। मंगलबार भएको प्रदेशसभाको शून्य समयमा बोल्ने अधिकांश सांसदले कोरोना भाइरसको विषयमा बोलेका छन्।

शून्य समयमा बोल्दै प्रदेशसभा सदस्य रमा आले मगरले कोरोना भाइरस संक्रमित भएका नेपाली चीनमा नै सुरक्षित रहेको भन्दै नल्याउन आग्रह गरेकी छिन्। उनले पशुपति मन्दिरमा सुनको जलरी लगाउन आवश्यक

नभएको भन्दै सरकारले अनावश्यक स्थानमा हात हालेको बताइन्। नेमकिपाकी प्रदेशसभा सदस्य सिर्जना सायँजुले पश्चिमाले कोरोना भाइरसबारे भ्रम फैलाएको बताइन्। उनले शून्य समयमा भनिन् 'साम्राज्यवादी अमेरिकाले चीनसँग कीटाणु युद्ध गरिरहेको छ, सहयोग साटो हल्ला फैलाइरहेको छ।' सांसद सायँजुले चीनबाट ल्याउन लाएका नेपालीको लागि सरकारले छानेको स्थान सही नभएको बताइन्। 

नेपाली कांग्रेसका प्रदेशसभा सदस्य नरोत्तम वैधले पशुपतिको मन्दिरमा चाँदी जलरी हुँदाहुँदै सुनको लगाउन आवश्यक नभएको बताए। उनले व्यंग्य गर्दै भने 'पशुपतिनाथ अरूलाई दिएर आफू रमाउने सोसलिष्ट भगवान् हुन, उनलाई सुनको जलरी लगाएर सामन्ती बनाउन खोज्ने?' 

बजेट खर्च गर्न सरकारलाई आग्रह

प्रदेश सरकारले बजेट खर्च गर्न नसकेको भन्दै बागमती प्रदेशसभामा आवाज उठेको छ। आर्थिक वर्षको ६ महिना कटिसक्दा पनि सरकारले १० प्रतिशत पनि बजेट खर्च गर्न नसकेको भन्दै आलोचना भएको हो। 

प्रदेशसभामा सत्ता पक्षकै प्रदेशसभा सदस्य जीवन खड्काले स्थानीय सरकारलाई सरकारले पैसा पठाउन नसकेको बताए। उनले भएको बजेट कहिले खर्च गर्ने भन्दै सरकारलाई प्रश्‍न गरेका छन्।

यस्तै नेकपाकै प्रदेशसभा सदस्य रत्न ढकालले खर्च हुन नसकेको भन्दै सरकारले कार्यविधि समेत नबनाएको बताए। उनले बजेट खर्च गर्न चाहिने कार्यविधि बनाएर रकम विकास निर्माणमा खर्च गर्नु पर्ने बताए। 

नेकपाका प्रदेशसभा सदस्य विशाल खड्काले संघीयताको मर्मविपरीत रहेको डिभिजन कार्यालय भंग गरेर प्रत्येक जिल्लामा एकीकृत कार्यालय स्थापना गर्नुपर्ने तर्क गरे। उनले सरकारले आफूले निर्माण गर्न सक्ने खर्च धुर्मुस-सुन्तली नाम गरेको एनजिओलाई दिएको भन्दै सरकारको ध्यनाकर्षण गराएका थिए।

सांसद बुद्धिमान माझीले प्रदेश सरकारले स्थानीय तहका जनप्रतिनिधिले पाउने सेवा सुविधाको लागि प्रदेश सरकारले ध्यान दिनुपर्ने बताए।

यस्तै शून्य समयमा बोल्दै  प्रदेशसभा सदस्य केशव राज पाँडेले बागमती प्रदेशका ५ वटा जिल्ला एमसिसि परियोजना कार्यान्वय गर्दा पर्ने हुँदा प्रदेश सरकारले आवश्यक तयारी थाल्नु पर्ने बताएका थिए। उनले संसदबाट एमसिसि पास हुनेसमेत बताए।

अन्य शून्य समयमा बोल्ने प्रदेशसभा सदस्यले पनि नोबल कोरोना भाइरसबारे सरकारले उचित कदम चाल्न नसकेको र प्रदेशभित्रका अन्य समसामयिक विषयमा समेत सरकारको ध्यानाकर्षण गराएका थिए।

विधेयकमा छलफल

मंगलबार नै प्रदेश लोकसेवा आयोग ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक संसदमा सैद्धान्तिक छलफल भएको छ। मुख्यमन्त्री डोरमणि पौडेलेको तर्फबाट आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जम्मकट्टेलले संसदमा छलफलका लागि पेश गरेका हुन्।

विधेयकमाथि प्रदेशसभा सदस्य सिर्जना सायँजु, रमेश पौड्याल, नरोत्तम वैद्य, रजनी अमात्य जोन्छेले आफ्नो धारणा राखेका छन्।  प्रदेशसभाको बैठक बुधबार १ बजेसम्मका लागि स्थगित भएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.