|

सिरहा : सिरहामा एक नाबालिकाको वीभत्स तरिकाले हत्या भएको छ। बरियारपट्टी गाउँपालिका-३ का देवेन्द्र यादवकी १५ महिने छोरी आशिकी यादवको हत्या भएको हो।

मंगलबार बिहान घरबाटै बेपत्ता भएकी नाबालिका आशिकीको शव मंगलबार साँझ पोखरीमा फेला परेको हो। प्लाष्टिकको बोरामा उनको शव पोखरीमा डुबेको अवस्थामा भेटिएपछि हत्या भएको स्थानीयले बताएका छन्।स्थानीय विनोद यादवले शव भेटेको बोरालाई एउटा अर्को बोरामा इँटा राखेर डुबाएको देखिएको बताए।

सिरहाका एसपी उमाप्रसाद चतुर्वेदीले पनि नाबालिकाको हत्या भएको आशंका गरिएको बताए। उनका अनुसार हत्या कसले र किन गरेको विषयमा केही खुल्न सकेका छैन। एसपी चतुर्वेदीले घटना विषयमा अनुसन्धान भइरहेकोले अहिले तत्कालै केही भन्न नसकिने बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.