|

काठमाडौं : सिभिल बैंक लिमिटेडको १०७औँ शाखा जितपुरमा खुलेको छ। शाखाको नेपाल राष्ट्र बैंकका मुख्य प्रबन्धक राजनविकम थापा र जीतपुर सिमरा उप-महानगरपालिकाका मेयर डा. कृष्ण प्रसाद पौडेलले संयुक्त रुपमा उद्घाटन गरेका हुन्।

उद्घाटन कार्यक्रमका प्रमुख अतिथि नेपाल राष्ट्र बैंकका मुख्य प्रबन्धक थापाले देशको आर्थिक विकास बैंकहरूको सहभागिताबिना हुन नसकिने भएकोले सिभिल बैंकले जीतपुरमा शाखा विस्तार हुँदा यस क्षेत्रको वित्तीय गतिविधिमा टेवा पुग्ने बताए।

कार्यक्रमका विशिष्ट अतिथि जीतपुर सिमरा उप-महानगरपालिकाका मेयर पौडेलले जीतपुरमा सिभिल बैंकले सिभिल बैंकले यस क्षेत्रको जनताको घरदैलोसम्म पुगी वित्तीय सेवा उपलब्ध गराई त्यहाँको जनताको जीवनस्तर उकास्न सघाउ पुर्‍याउनेमा विश्वास व्यक्त गरे।

उक्त अवसरमा सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले देशको औद्योगीक नगरी बिरगंजसंग नजिक जीतपुरमा प्रशस्त औद्योगिक अवसरहरू रहेको र आफूले बैंकको तर्फबाट यस क्षेत्रको अर्थतन्त्र उकास्नका लागि सान्दर्भिक सेवा तथा सुविधाहरु प्रदान गर्ने कुरा बताए।

सोही कार्यक्रमबीच सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले श्री फकिरा गिरी राजेश्वर गिरी माध्यमिक विद्यालयका प्रधानाध्यापक राजु कुमार सिंहलाई विद्यालयको इ–लाईब्रेरीको लागि एक थान कम्प्युटर हस्तानतरण गरेका छन्।

 शाखाको उद्घाटन समारोहमा नेपाल राष्ट्र बैंकका मुख्य प्रबन्धक थापा, जीतपुर सिमरा उप-महानगरपालिकाका मेयर पौडेल, सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गुरुङलगायत राजनीतिक व्यक्तित्वहरू, उद्योगी, व्यवसायी, गन्यमान्य ब्यक्ति तथा सर्वसाधरणको उपस्थिति थियो।

सिभिल बैंकको हालसम्म ४१५,००० भन्दा बढी ग्राहक रहेको  ५२ अर्बभन्दा बढी निक्षेप परिचालन गरी करीव ५० अर्ब कर्जा लगानी गरेको र यस बैंकको प्रदेश-२ मा यस शाखासमेत गरी १३ शाखा तथा नेपालभर कुल शाखा संख्या १०७ पुगेको पनि बैंकले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.