|

पर्सा : मुलुकभर जनयुद्ध दिवस मनाइरहेको बेला नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पर्साले पनि २५ औं जनयुद्ध दिवस मनाएको छ। पर्साको रामगढवामा रहेको नेकपाको आफ्नै पार्टी कार्यालय नेकपा पर्साले पनि जनयुद्ध दिवस मनाएको हो।

जनयुद्ध दिवस मनाउने क्रममा साविकको एमाले र माओवादी दुवै पार्टीका स्थानीय नेता कार्यकर्ताहरु सहभागी भए।

सो कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य तथा पर्सा जिल्ला इन्चार्ज रामचन्द्र साहले नेकपा पार्टी अब संगठन सुदृढीकरणमा लाग्नु पर्नेमा जोड दिए। प्रदेश-२ मा सबै जिल्लाभन्दा सशक्त नेता कार्यकर्ता रहेको पर्सामा अब संगठित रुपमा अगाडि बढ्नुपर्ने उनले धारणा व्‍यक्त गरे।

नेकपा पर्साका अध्यक्ष प्रभु हजराको अध्यक्षतामा भएको कार्यक्रममा स्थानीय नेताहरू बालगोपाल थापा, विचारी यादव, प्रद्युमन चौहान, छोटेलाल प्रसाद यादव नगर अध्यक्ष रहबर अंसारी लगायतका नेता कार्यकर्ताहरुको सहभागिता थियो। कार्यक्रममा संगठन विस्तारलाई गाउँ–गाउँ र वडा–वडासम्म पुर्‍याउन अब सबै मिलेर लाग्नुपर्नेमा वक्ता नेताहरुको जोड छ।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.