|

संखुवासभा : २५ जनाको क्षमता भएको जिल्ला कारागार खाँदबारीमा ११३ जना कैदी बन्दी राखिएको छ।

२५ जना कैदीको क्षमता भएको खाँदबारी कारागारमा ११३ जना कैदी राख्दा समस्या भएको खाँदबारी कारागारका प्रमुख जेलर विनोद अधिकारीले जानकारी दिए।

खाँदबारी कारागार ३.५ रोपनी क्षेत्रफल फैलिएको छ। उनीहरूको व्यक्तित्व विकास, सीप विकास तथा कला विकासका लागि प्रयाप्त ठाउँ नभएको उनको भनाइ छ। क्षमताभन्दा बढी संख्यामा कैदी भएकाले दैनिक क्रियाकलाप खान, बस्ने र शौच गर्नेसमेत कठिन भएको कैदीहरूको गुनासो छ।

खाँदबारी कारागारमा १०६ पुरुष र ७ जना महिला कैदी बन्दी छन्। कैदी बन्दीहरू कारागारभित्र पुगेपछि मानवीय व्यवहार पाउनु पर्ने भए पनि त्यसअनुरुप सुविधा दिन सक्ने अवस्था नभएको जेलर अधिकारीले बताए।

क्षमता भन्दा तेब्बर कैदी बन्दी राखिएको खाँदबारी कारागारमा उनीहरूको सुधार गृहभन्दा पनि यातना स्थल भएको देखिन्छ। भौतिक संरचना प्रयाप्त नहुदाँ कैदीहरुले बर्षो याममा पानी चुहिने छाप्रोमा खाना पाकएर खानु पर्ने अवस्था भएको कैदीको गुनासो छ।

कारागारको सुधार तथा क्षमता वृद्धि गर्ने लागि माथिल्लो सरोकारवाला निकायलाई पटक–पटक अनुरोध गरे पनि बेवास्था गरिएको जेलर अधिकारी बताए।  उनका अनुसार कारागारमा आपतकालीन अवस्था आएमा तत्कालै उद्धार तथा सुरक्षा दिनसमेत कठिन रहेको छ। कारागारको माथिको साइडमा बजार भएकाले भवन निर्माण भएका छन् भने  तलतिरको साइड भिरालो र व्यक्तिको जमिन भएकाले सडक  पुर्‍याउने सकिएको छैन।

कारागार जाने माथिको साइडमा सानो भिरालो सिडी (भञ्याङ) ओर्लिए मात्र पुग्न सकिन्छ। आपतविपद् पर्दा उद्धारमा एम्बुलेन्स, दमकल तथा सुरक्षा निकायका गाडी पुग्न सक्ने सडकसमेत नभएको जिल्ला कारागार खाँदबारीले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.