|

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले पार्टीलाई सिद्धान्तनिष्ठ र आदर्शवादी बनाउने बताएका छन्। काठमाडौं–५ क्षेत्रीय समितिद्वारा आयोजित कार्यक्रममा बोल्दै थापाले आफ्नो पार्टीले विगतमा कांग्रेस र कम्युनिष्टको सरकारमा सहभागी भएर गल्ती गरेको स्वीकार गरे।

विगतको गल्तीलाई लिएर आलोचनासमेत भएको उल्लेख गर्दै उनले अब भने कमजोरीलाई सुधार गरेर अघि बढ्ने प्रतिबद्धता जनाए। बलियो एजेन्डाका बाबजुद संगठन कमजोर भएकोले अबको सम्पूर्ण ध्यान संगठन निर्माणमा केन्द्रित गर्नुपर्नेमा उनले जोड दिए।

कांग्रेस, कम्युनिष्टले पटकपटक अवसर पाएर पनि असफलता प्राप्त गरेको भन्दै थापाले कांग्रेस कम्युनिष्टको विकल्पको रुपमा राप्रपालाई स्थापित  गराउनुपर्ने आवश्यकता औँल्याए। मुलुकको धरातलीय यथार्थलाई मध्यनजर गर्दा राप्रपाले बोकेको नीति, विचार र मार्गचित्र मुलुकको निमित्त उपयुक्त भएको थापाको जिकिर थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.