|

डडेल्धुरा : डडेल्धुरामा शनिबार दिउँसो बस र हाइस ठोक्किँदा घाइते भएका ६ जनामध्ये पाँचजनालाई जिल्ला बाहिर रिफर गरिएको छ। डडेल्धुरा अस्पताल डडेल्धुरामा उपचार सम्भव नभएपछि पाँचजनालाई जिल्लाबाहिर रिफर गरिएको हो।

घाइते हुनेमध्ये हाइस चालक डोटीको जोरायल गाउँपालिका २ का २३ वर्षीय विमलबहादुर थापा, दिपायल सिलगढी नगरपालिका ७ का ५० वर्षीय रतनबहादुर विष्ट, पूर्वीचौकी गाउँपालिका ३ का ३१ वर्षीय वीरेन्द्र उपाध्याय, डडेल्धुरा नवदुर्गा गाउँपालिका ३ का ३६ वर्षीय विक्रम विक र कैलाली फूलबारीकी ४० वर्षीया चन्द्र पोखरेललाई जिल्ला बाहिर रिफर गरिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायव उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए।

डोटीको शिखर नगरपालिका ८ का ३४ वर्षीया अमृता घिमिरेको अवस्था सामान्य रहेकाले उनको डडेल्धुरा अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ। हाइस चालक थापाको टाउकोमा चोट लागेको छ। अन्य घाइतेको हात, खुट्टा र टाउकोमा चोट लागेको प्रहरी नायव उपरीक्षक न्यौपानेले जानकारी दिए।

कैलालीको टीकापुरदेखि अछामतर्फ आइरहेको ना ६ ख १९८० नम्बरको बस र दिपायलबाट धनगढी जाँदै गरेको से १ ख १७३६ नम्बरको हाइस शनिबार जिल्लाको गन्यापधुरा गाउँपालिका १ साहुखर्कमा एकआपसमा ठोक्किएका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.