|
फाइल तस्बिर

दैलेख : प्रहरीले लागुऔषध बराउन सुगरसहित दुईजनालाई प्रक्राउ गरेको छ। सुर्खेतदेखि दैलेख बजार आउँदै गरेको देउती नागरिक यातायातको हाइसबाट लागुऔषध ब्राउन सुगर बरामद भएको हो।

शंका लागी पहरीले चेकजाँच गर्दा नारायण नगरपालिका-८ ठालुडाँडा भन्ने स्थानबाट दुईजनालाई  पक्राउ  गरिएको दैलेखका प्रहरी प्रमुख हरीबहादुर वलीले बताए। पक्राउ पर्नेमा नारायण नगरपालिका-८ बस्ने २० वर्षीया क्षितिज शाही र  नगरपालिका-१ बस्ने २९ वर्षीया नितन थापा रहेका छन्।

उनीहरूको साथबाट प्रहरीले ६ पुरिया बाउन सुगर धुलो बरामत गरिएको प्रहरी प्रमुख वलीले बताए। उनीहरूमा माथि थप अनुसन्धान भइरहेको उनको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.