|

म्याग्दी : दाल,तरकारी र मासुका परिकारलाई स्वादिष्ट र सुगन्धित बनाउने मसला जातको धनियाँको मुठा (साग) बेचेर म्याग्दीका एक व्यक्तिले एकै सिजनमा एक लाख ५० हजार रुपैयाँभन्दा बढी आम्दानी गर्न सफल भएका छन्।

म्याग्दीको बेनी नगरपालिका वडा नं २ खबराका नारायण कार्कीले आफ्नो घर अगाडीको खेतमा व्यावसायिक रुपमा गरेको धनियाँ खेतीबाट एकै सिजनमा डेढ लाख रुपैयाँ भन्दा बढि आम्दानी गर्न सफल भएका हुन्।

कार्कीले डेढ रोपनी जग्गामा धनियाँ खेती गरेका छन्। धनियाँको साथमा ब्रोकाउली,बन्दा,टमाटर,काउली,गाजर, केराउ लगाएतका तरकारी खेती गरेका कार्कीले धनियाँ बेचेर मात्र वार्षिक ३ लाख रुपैयाँभन्दा बढी आम्दानी भएको बताए। कृषक कार्कीले एक वर्षमा हिउँद र वर्षा गरी दुई सिजनमा तरकारीका साथै धनियाँ खेती गर्छन्।

सात सय रुपैयाँको बीउ र चार हजार बरावरको श्रम खर्चेर धनियाँ खेती गरेका कृषक कार्कीले एकै वर्षमा धनियाँ बिक्रीबाट तीन लाख रुपैयाँभन्दा बढी आम्दानी भएपछि खेती विस्तार गर्ने योजनामा रहेको बताए। ‘बीउ र शारिरीक श्रम गरी कुल ४ हजार ७ सय रुपैयाँ लगानी गरेको हुँ,' कार्कीले भने ‘एक वर्षको अवधिमा ३ लाख   रुपैयाँ भन्दा बढिक बिक्री भयो,अझै खेतका गह्राभरी धनियाँ छ।’

म्याग्दीको पर्यटकीयस्थल लभ्लीहिल नजिकै कार्कीले पसल र तरकारी खेती गरेका छन्। लभ्लीहिलमा आन्तरिक पर्यटकहरुको बृद्धिसंगै कार्कीको कृषि उपजको पनि त्यतिकै बिक्री बढ्ने गरेको छ।

लभ्लीहिलमा आएका युवायुवती,गृहिणी र लोग्नेमान्छेहरुले समेत बारीबाट नै ताजा तरकारी आफैँ टिपेर लैजाने गरेका कार्कीले बताए। ‘अहिले अरु तरकारी सकिएको छ, तर धनियाँ भने प्रशस्तै छ’ कार्कीले भने।

कार्कीले धनियाँको एउटा मुठोलाई २० देखि ३० रुपैयाँसम्ममा विक्रि गर्दै आएका छन्। कार्कीको खेतबाट नै दैनिक ५० देखि ८० मुठा धनियाँ बिक्री हुने गरेको उनले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.