|

झापा : प्रधानमन्त्री केपी शर्मा ओली आज (आइतबार) झापा आउँदैछन्‌। झापा आएलगत्तै प्रधानमन्त्री ओली गृहनगर दमकमा आयोजना हुने विभिन्‍न कार्यक्रममा व्यस्त हुँदैछन्। ओली आईतबार भद्रपुर विमानस्थल हुँदै झापा आउने सचिवालयले जनाएको छ।

मध्याह्नदेखि अपराह्नसम्म ओली गृहनगर दमकका विभिन्न शिलन्यास र उद्घाटनका कार्यक्रममा व्यस्त हुने ओलीको सचिवालय सदस्य होमबहादुर थापाले जानकारी दिए। 

प्रधानमन्त्री ओलीले दमक-४ मा कृष्णमन्दिर- बेलडाँगी सडक उद्घाटन गर्ने र त्यस लगत्तै दमक-३ र मोरङ्को मिक्लाजुङ् जोड्ने स्थानमा निर्मित पुलको उद्घाटन गर्ने कार्यक्रम रहेको छ। यि दुवै योजनाको अघिल्लो पटक प्रधानमन्त्री हुँदा उनैले शिलान्यास गरेका थिए।

यी योजनाको उद्घाटन पछि उनी झापाबाट ईलाम र पाँचथर जोड्ने दमक-चिसोपानी- रवि सडकको शिलन्यासका लागि दमक-२ पुग्ने छन्। शिलन्यास पछि उनले दमक-२ को बेलडाँगीमा आयोजीत सभालाई सम्वोधन गर्ने कार्यक्रम रहेको छ। कार्यक्रम पछि ओली आईतबारनै काठमाडौ फर्कने जनाईएको छ। 

ओली आउने भए पछि पूर्वपश्चिम राजमार्ग तथा दमकको सुरक्षा व्यवस्था चुस्त बनाईएको छ। राजमार्गमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएका छन्। यस्तै ओली सहभागी हुने ग्रामिण क्षेत्रमा रहेका स्थानहरुमा समेत सुरक्षाकर्मी तैनाथ भएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.