|

बागलुङ : गलकोटमा हुने अन्तर्राष्ट्रिय मूर्तिकला कार्यशालाका लागि आएका विदेशी कलाकारलाई बागलुङमा स्वागत गरिएको छ।

बागलुङ नगरपालिकाका प्रमुख जनकराल पौडेलसहित कालिका भगवती गुठी व्यवस्थापन समिति, जिल्ला प्रशासन र गलकोट क्षेत्रका बासिन्दाले कालीका मन्दिर परिसरमा स्वागत गरेका हुन्। समितिका अध्यक्ष राजु खड्काले कलाकारलाई भजनकृतनसहित कालीका मन्दिर पनि घुमाएका थिए।

कार्यशालाका लागि छिमेकी चीनसहित दश देशका कलाकार बागलुङ आएका हुन्। सोमबारदेखि गलकोट नगरपालिका-५ टेउवामा सुरु हुने अन्तर्राष्ट्रिय मूर्तिकला कार्यशालाका लागि उनीहरू आएका हुन्। उनीहरूले मंसिर २१ गते सम्म टेउवामा बसेर मूर्ति कुद्नेछन्।

विशेषगरी मानव जीवनका लागि उपयोगी, इतिहास र संस्कृतिसम्बन्धी मूर्ति कुद्ने योजना बनाइएको गलकोट कला प्रतिष्ठानका अध्यक्ष क्याप्टेन पूर्णबहादुर रानाले बताए। मूर्तिकला कार्यशाला सोमबार मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले उद्घाटन गर्ने कार्यक्रम छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.