|

काठमाडौं : आज (सोमबार) दिउँसो काठमाडौं उपत्यकाको तापक्रम २१ डिग्री सेल्सियससम्म पुग्ने मौसम पूर्वानुमान महाशाखाले पूर्वानुमान गरेको छ। 

उपत्यकामा बिहानको तापक्रम १० डिग्री सेल्सियस मापन गरिएको छ। ऋहिले काठमाडौंसहित वरपरका स्थानमा तुवाँलो लागिरहेको छ। 

दिउँसो देशका पूर्वी र मध्यका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली र बाँकी भूभागमा आंशिक बदली हुने अनुमान छ ।

पूर्वी र मध्यपहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना पनि महाशाखाले जानकारी दिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.