बोस्टन : काठमाडौंका दिवेश पोखरेल 'अमेरिकन आइडल' को हलिउडको प्रस्तुतिका लागि छानिएका छन् । आइतबार अमेरिकी च्यानल 'एबिसीु'बाट प्रसारण पहिलो श्रृंखलाबाट उनी छानिएका हुन् ।
आर्थर गनका उपनामले गाउँदै आएका २० वर्षका पोखरेल करिव ६ वर्षअघि अमेरिका आएका हुन् । उनी आफ्ना बुबा(आमासहितको परिवारमा क्यान्सस राज्यको विचिटामा बस्छन्।
छनौटका प्रस्तुत हुँदा नमस्ते गर्दै उपस्थित भए, र बारम्बार नमस्ते गरिरहेका देखिन्थे। उनले आफू नेपालमा जन्मेको र नेपालको सुन्दरतामाथि प्रकाश पार्ने कोशिस गरे। उनले आफू ६ वर्ष हुँदादेखि गाउन थालेको बताएका छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।