|

गुल्मी : फागुन रोजगारीको खोजीमा विदेश जाने प्रचलन रहेका बेला अर्घाखाँचीका तेजेन्द्र श्रेष्ठले भने ठूलो लगानीमा कृषि फर्म सञ्चालन गरिरहेका छन्। छत्रदेव गाउँपालिका–५ छत्रगंज अमराइका ४० वर्षीय तेजेन्द्रले छत्रदेव बहुउद्देश्यीय कृषि फार्म नामक कम्पनी दर्ता गरेर तरकारी खेतीका साथै बाख्रा, कुखुरा र माछा पालन गर्दै आएका छन्।

१०६ रोपनीमा फैलिएको उनको फर्ममा ११ जनाले रोजगारी पनि पएका छन्। फर्ममा विभिन्न जातका तरकारी खेती, लोकल तथा ब्रोइलर कुखुरा, टर्की र खरी जातका बाख्रा पालन गरिएको श्रेष्ठले जनाकारी दिए। 

उनको फर्ममा ग्रिन हाइटेक टनेलमा टमाटर र विभिन्न थरीका नर्सरी पनि रहेको छ। कागती खेती पनि गरेका छन्। मुलुकमै कृषिबाट केही सोंच रहेको बताउने श्रेष्ठले प्रदेशकै नमुना कृषक हुने लक्ष्य राखेका छन्। 

कृषि ज्ञान अर्घाखाँचीका प्रमुख देवेशकुमार मिश्रले श्रेष्ठको फर्मलाई कार्यालयको तर्फबाट सहयोग गर्ने आश्वासन दिएका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.