खेलकुद

सताक्षी गोल्डकप : आर्मी र मानेभञ्ज्याङ आमनेसामने

फागुन ६, २०७६

    इलाम : झापाको शिवसताक्षी नगरपालिकामा जारी तेस्रो संस्करणको सताक्षी गोल्डकपमा मंगलबार तेस्रो क्वाटरफाइनलमा विभागीय टोली त्रिभुवन आर्मी क्लब र भारतको मानेभञ्ज्याङ फुटबल क्लब दार्जिलिङ आमनेसामने हुँदैछन्।

    सोमबार भएको खेलमा थ्रीस्टार क्लब अन्तिम चारमा प्रवेश गरेको छ। बेलबारी फुटबल क्लबलाई ३–० गोल अन्तरले हराउँदै थ्रीस्टारले फाइनल प्रवेशका लागि आयोजक सतासीधाम स्पोर्टिङ क्लबलाई प्रतिद्वन्द्वीको रुपमा उभिएको हो। थ्रीस्टारको जितमा सञ्जोग राईले दुई र सुशील राईले एक गोलको योगदान दिए। खेलको नवौँ मिनेटमा सञ्जोगले सुरुवाती अग्रता दिलाएका थिए।  

    त्यसको पाँच मिनेटपछि सञ्जोगकै एसिस्टमा सुशीलले अग्रता दोब्बर बनाए। खेलको ५३औँ मिनेटमा सञ्जोगको प्रहार बेलबारीका गोलरक्षक सनम राईले उत्कृष्ट बचाउ गरे पनि एक मिनेटपछि लालारामको पासमा सञ्जोगले व्यक्तिगत दोस्रो गोल थपेपछि थ्रीस्टार ३–० गोल अन्तरको स्पष्ट जित निकाल्दै सेमिफाइनल पुग्यो।

    खेलको २३ औँ मिनटमा बेलबारीलाई गोल गर्ने अवसर मिले पनि मिस पास हुँदा थ्रीस्टारका डिफेन्डरले क्लियर गरिदिए। पहिलो हाफको अन्तिम मिनेटमा बेलबारीका वीरेन्द्र लिम्बूलाई डिबक्स नजिकै लडाउँदा पाएको अवसरलाई भुषण सुब्बाले सदुपयोग गर्न सकेनन्। खेलको म्यान अफ दि म्याच सन्जोग घोषित भए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]