समाज

गुन्डा नाइकेको आरोपमा सत्यमान लामा पक्राउ

फागुन ६, २०७६

    काठमाडौं :  गुन्डा नाइकेका आरोपि सत्यमान लामा मापसेमा पक्राउ परेका छन्। 

    महानगरीय प्रहरी वृत महाजगञ्जको टोलीले सोमबार राति पक्राउ गरेको हो। उनलाई मादक पदार्थ सेवन गरेर सवारी साधन चलाएको आरोपमा पक्राउ गरिएको महाराजगञ्ज प्रहरीले जनाए पनि थप खुलाएकाे छैन्।  उनलाई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

    लामा गुन्डा नाइके दावा लामाका सहयोगी हुन्। महानगरीय प्रहरी परिसर काठमाडौंले २०७५ असारमा पनि लामालाई पक्राउ गरेको थियो। त्यतिखेर प्रतिनिधिसभा सदस्य नवीना लामाले  पक्राउ परेको केही घन्टा बित्न नपाउँदै जमानतमा रिहा गराएको बताइएको छ। 

    त्यसपछि  निजलाई महानगरीय अपराध महाशाखाको टोलीले चेक बाउन्सको मुद्दामा पनि पक्राउ गरेर छोडेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]