|

काठमाडौं : नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री गगन थापाले प्रतिनिधिसभाको बैठकमा बालुवाटारको ललितानिवास प्रकरणमा आफैँले तयार पारेको स्वस्थानी कथा सुनाएका छन्। थापाले प्रधानमन्त्री, सञ्चारमन्त्री लगायत बालुवाटारको जग्गामा नाम जोडिएकाहरूलाई व्यंग्य गर्दै आफैँले तयार पारेको स्वस्थानीको पहिलो अध्याय सुनाएका हुन्।

‘कुमारजी आज्ञा गर्नुहुन्छ, हे विष्णुमणि। अब कसैको चोरीको सामान किन्नुपरे सकेसम्म लोकलाई थाहा नहुनेगरी किन्नु। किन्नैपरे होइन–होइन भन्नु। चित्त बुझाउन नसकेर अप्ठ्यारोमा नै पर्ने भए हत्तपत्त चोरीको सामान फर्काउनु र दुईपटक विष्णु विष्णु भन्नु’ थापाले भने। थापाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यबारे पनि असन्तुष्टि जनाए।  

‘त्यसमा पनि लोकले चित्त बुझाएनन् भने गोकुलधाममा गएर खड्ग उचाल्नु र विष्णु विष्णु भन्नु। त्यसको प्रभावले तिम्रो हाम्रो अनुहारमा लागेको दाग लोकले देखे पनि देख्नुपर्नेले देख्नेछैनन्,’ थापाले भने, ‘इतिश्री अख्तियार पुराणे, कुमारविष्णु संवादे श्रीस्वस्थानी व्रतकथाय बालुवाटार प्रकरण वर्णनाम् प्रथमोध्याय।

भिडियो :

’  

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.