|

काठमाडौं : उच्च शिक्षाका लागि बेलायत जान चाहने विद्यार्थीलाई लक्षित गरी हब इन्टरनेसनल एजुकेसनले युके फेयर आयोजना गर्ने भएको छ। यही फागुन ८ मा युके फेयर गर्न लागिएको संस्थाले जनाएको छ। बिहीबार दिनभर चल्ने कार्यक्रममा प्रवेश नि:शुल्क गरिएको छ।

फेयरमा युकेका विभिन्न १० विश्वविद्यालयका प्रतिनिधिको उपस्थिति रहने हबले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। इंग्ल्याण्ड, स्कटल्याण्ड, वेल्स र नर्दन आयरल्याण्डस्थित विभिन्न विश्वविद्यालयका प्रतिनिधिले विद्यार्थीलाई परामर्श दिने भएका हुन्।

विज्ञप्तिमा जनाइएअनुसार, विश्व र्‍याङ्किङको अग्रस्थानमा आउने क्विन्स विश्वविद्यालय, हेरिवट वाट, हर्टफोर्डसायर, सेन्ट्रल ल्यान्कासायर, वेस्ट लण्डन तथा स्वान्सी विश्वविद्यालका प्रतिनिधि नेपाल आउँदैछन्।

हब इन्टरनेसनल एजुकेसन, बेलायतका २० विश्वविद्यालयका लागि आधिकारिक नेपाल प्रतिनिधि हो। हबले १९ वर्षदेखि शैक्षिक परामर्श प्रदान गर्दै आएको छ।

फेयरबाट विद्यार्थीले त्यहाँको शिक्षा, करिअरको सम्भावना, भिसा प्रक्रिया लगायतका जानकारी पाउनेछन्।

फेयरमा ब्रिटिस काउन्सिलका प्रतिनिधि पनि उपस्थित रहनेछन्। बैंकिङ प्रकृयाबारे जानकारी प्राप्त गर्ने माछापुच्छ्रे बैंकका प्रतिनिधिले विद्यार्थीलाई सघाउनेछन्। हबका अनुसार, यो बेलायतलक्षित अहिलेसम्मकै ठूलो एजुकेसन फेयरमध्येको हो।

विभिन्न देशका व्यक्तिहरूले आँफूलाई एजुकेसन एजेन्ट दावी गर्दै भ्रम छर्दा विद्यार्थीहरू भ्रमित भएकाले त्यस्ता भ्रम चिर्न फेयर आयोजना गर्न लागिएको हबका प्रबन्ध निर्देशक उद्धवबहादुर खड्काले बताए।

'विद्यार्थीहरूलाई आधिकारिक जानकारी दिने उद्देश्यले यूके फेयर आयोजना गर्न लागिएको हो', उनले भने, 'बेलायत उत्तम शैक्षिक गन्तव्यमध्येको भएकाले पनि हामीले विद्यार्थीको हीतलाई प्राथमिकता दिएका हौं।' बागबजारस्थित हब कम्प्लेक्समै उक्त कार्यक्रम सञ्चालन गर्न लागिएको खड्काले जानकारी दिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.