औषधिको असरले ब्रेन ट्यूमर पत्ता लाग्यो

|

बारा : हात्तीपाइले रोगको औषधि सेवन गरेका बाराको कलैया उपमहानगरपालिका ४ का ११ वर्षीय रोशन कुशवाह ७ दिनदेखि अस्पताल भर्ना छन्। माघ २७ गते उनी पढ्ने चिल्ड्रेन वर्ल्ड ईङ्लिस स्कुलमा स्वास्थ्यकर्मीले हात्तीपाइले निवारण औषधि खुवाएका थिए।

विद्यालयबाट ट्युसनसमेत पढेर घर जानेक्रममा टाउँको दुख्न सुरु भएको रोशनले सुनाए। टाउको दुख्न सुरु भएको उनी बेहोस हुने र काप्ने गर्न थालेपछि बुवा कृष्ण कुशवाहले २८ गते तराई हस्पिटल वीरगन्जमा पुर्‍याएका हुन्। त्यहाँ पुगेर सुई लगाएपछि टाउँको दुख्न कम भएपछि उनी घर फर्किए।

भोलीपल्ट पेट दुखेर छटपटाएर बेहोस भएपछि उनलाई कलैया जिल्ला अस्पतालमा पुर्‍याइयो। त्यहाँबाट थप उपचारको लागि वीरगञजको नेशनल मेडिकल कलेज शिक्षण अस्पतालको आइसियूमा भर्ना गरियो। एक दिन आइसियूमा राखेपछि पाँच दिनदेखि वार्डमा राखेर उपचार भइरहेको छ।

ब्रेन ट्यूमर देखियो

रोशनका बुवा कृष्णका अनुसार ब्रेन ट्यूमर सुरु भएको चिकित्सकले बताएका छन्। हात्तीपाइलेको औषधि खाएपछि त्यसले प्रभाव देखाएछि सिटी स्क्यानमा ब्रेन ट्यूमर भएको पत्ता लागेको हो। हात्तीपाइलेको औषधि नखाएको भए रोग पत्ता लाग्न ढिलो हुने थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.