अर्थ

२० हजारमा हुने काममा दुई लाख खर्च : सांसद बस्‍नेत

फाइल फाेटाे
फागुन ६, २०७६

    काठमाडौं : सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका सांसद महेश बस्‍नेतले विद्युत् प्रधिकरणले २० हजारमा हुने काममा दुई लाख खर्च गरेको भन्दै असन्तुष्टि जनाएका छन्। उनले मंगलबार प्रतिनिधिसभामा ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनसँगको प्रश्‍नोत्तर कार्यक्रममा यस्तो यस्तो बताएका हुन्।

    स्थानीय तह तथा उपभोक्ता समितिबाट काम गर्दा पोल सार्न २० हजार खर्च हुने भन्‍ने सुनिन्छ। तर, विद्युत् प्राधिकरणले भने त्यही काम गर्नका लागि दुई लाख खर्च गरेको छ’ सांसद बस्‍नेतले भने, ‘यस्तो कामको जिम्मेवारी स्थानीय तहलाई न दिँदा राम्रो हुन्छ।’

    उनले प्राधिकरण रूढीवादी ढंगले चलेको समेत दाबी गरेका छन्। एउटा पोल सार्नका लागि पनि कार्यकारी निर्देशकको नै स्वीकृति लिनुपर्ने र त्यसो  गर्दा काममा अवरोध आएको बस्‍नेतले बताए। विद्युतका तार भूमिगत गरिने कार्य खुसीको विषयमा भएको भन्दै सयमयै सक्न उनले आग्रह गरे।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]