|

कोरोना जीवाणुको महामारीको केन्द्रका रूपमा रहेको उहानस्थित अस्पतालका निर्देशकको मंगलबार मृत्यु भएको छ।

गत वर्षको अन्त्यतिर वुहानमा उत्पत्ति भएको ठानिएको कोविड–१९ जीवाणुका कारण चीनमा मात्र एक हजार ९०० को मृत्यु भइसकेको छ भने ७२ हजारभन्दा बढी मानिस संक्रमित भएका छन्।         

चिनियाँ सरकारी टेलिभिजन सिसिटिभीले मृत्यु हुने चिकित्सक वुहानस्थित वुचाङ अस्पतालका निर्देशक लिउ झिमिङ रहेको जनाएको छ। उनलाई बचाउन भरमग्दूर प्रयास गरिए पनि नसकिएको अस्पतालको भनाइ छ।    

उनी कोरोना भाइरसका कारण मृत्यु हुने पहिलो उच्च पदाधिकारी एवं चिकित्सक हुन्। यही प्राणघातक भाइरकाका कारण वुहानमा कम्तीमा ६ जना स्वास्थ्यकर्मीको ज्यान गइसकेको छ भने एक हजार ७१६ जना संक्रमित भएका छन्।    

यसअघि कोरोना भाइरसका बारेमा पहिलो जानकारी दिने वुहानकै नेत्ररोग विशेषज्ञ डा. ली वेनलियाङको मृत्यु भएको थियो। वुहानका चिकित्सकले मास्क र शरीरमा लगाउने विशेष सुरक्षा कपडाको अभाव झेलिरहेको बताइन्छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.