|

काठमाडौं : स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले चीनबाट ल्याएर  भक्तपुरस्थित खरिपाटी क्वारेन्टाइनमा बसेका एक सय ७५ जना विद्यार्थीलाई भेटेका छन्।

मंगलबार दिउँसो भक्तपुर खरिपाटी क्वारेन्टाइन व्यवस्थापन तथा विद्यार्थीको स्वास्थ्य अवस्थाको बारेको सम्बन्धमा स्वास्थ्यमन्त्री ढकालले प्रमुख जिल्ला अधिकारी सहित अरू सुरक्षाकर्मीसँग तथा स्वास्थ्यकर्मीसंग समेत ब्रिफिङ लिएका थिए। विद्यार्थीको स्वास्थ्य सुरक्षा र अन्य कुराको व्यवस्थापनको लागि अझै राम्रो गर्न निर्देशनसमेत उनले दिएका छन्।

क्वारेन्टाइन व्यवस्थापनमा हाल सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, सरसफाइ कर्मचारी गरी २ सय ५० जनाको टोली खटिरहेको छ। चीनबाट उद्धार गरि ल्याइएको मंग्रबार तेस्रो दिन मन्त्री ढकाल क्वारेन्टाइनमा रहेका विद्यार्थीलाई भेट्न पुगेका हुन्।

यस्तै, मन्त्री ढकालले त्यहाँ रहेको कन्ट्रोल रुमबाट सम्बोधन गर्दै उद्धार गरिएका नेपालीलाई सरकार विद्यार्थीको सुरक्षा र स्वास्थ्य अवस्थामा सरकार गम्भीर रहेको र नआत्तिकन बस्‍नसमेत आग्रह गरेका छन्।

स्वास्थ्यमन्त्री ढकालले क्वारेन्टाइनमा रहेका विद्यार्थीलाई केही समस्या वा अप्ठेरो परेमा व्यवस्थापनसमक्ष तुरुन्तै जानकारी गराउन आग्रहसमेत गरे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.