उदयपुर : उदयपुरको बेलका नगरपालिका-९ रामपुरमा लागुऔषध बेचविखन गरेको आरोपमा प्रहरीले तीनजनालाई पक्राउ गरेको छ।
लागुऔषध बेचविखनको सूचनाको आधारमा इलाका प्रहरी कायर्मलय रामपुरको टोलीले आकाश तिम्सिनाको घरमा खानतलासी गर्दा लागुऔषधसहित सोही नगरपालिका-१ का विकास बस्नेत, धरान नगरपालिका-१३ का प्रणय निरौला र घरमालिक आकाश तिम्सिनालाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी उपरीक्षक वीरबहादुर बुढामगरले जानकारी दिए।
उनीहरूलाई डाइजोल्याप ३ एम्पुल, लेगेसिक ४, एम्पुल फेनारगन,४ डाइलेक्स डिसी १०० एम्ल (दुई बोतल), नेट्राभेट ११ ट्यावलेट, स्पस्मोप्रोक्सिभोन प्लस ५९ ट्यावलेट, गाँजा ३०० ग्राम, १५ हजार पाँच रुपैयाँ, एक थान मिनि ल्याप्टप, बा. १९ च ८४७४ नम्बरको कारसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
घर खान्तलासी गर्ने क्रममा तीनैलाई पक्राउ गरेको हो। उनीहरूलाई हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।