|

सोलुखुम्बु : प्रदेश १ स्तरीय तेस्रो मदन भण्डारी स्मृति कप भलिबल खेल सुरु भएको छ। मदनभण्डारी एकेडेमी स्पोर्टस प्रदेश १ को आयोजनामा भएको प्रतियोगिताको मंगलबार सोलुखुम्बुका संघीय सांसद हेमकुमार राईले उद्घाटन गरे। 

योङ्गस्टार क्लवको खेल मैदानमा जारी भलिबल प्रतियोगितामा सोलुखुम्बुले विजयी सुरुवात गरेको छ। मंगलबार भएको खेलमा भोजपुरलाई पाजित गर्दै सोलुखुम्बुले बिजयी सुरुवात गरेको हो। यसले भोजपुरलाई २५–१७ र २५–२० को सोझो सेटमा पराजित गरेको हो। 

मंगलबार भएको खेलमा ओखलढुंगाले तेह्रथुमलाई २५–१८ र २५–२३ को सोझो सेटमा पराजित गरेको हो। त्यस्तै अर्को खेलमा झापाले धनकुटालाई २५–२० र २६–२४ ले पराजित गरेको मदन भण्डारी स्पोर्ट एकेडेमि सोलुखुम्बुका अध्यक्ष दिपक राजभण्डरीले जानकारी दिए। यता सुनसरीले पाँचथरलाई पनि सोझो सेटमा २५–१९ र २५–२२ ले पराजित गर्‍यो।

मंगलबारनै सम्पन्न अर्को खेलमा ओखलढुंगाले खोटाङलाई २५–१८ र २५–१४ को सोझो सेटमा पराजित गरेको हो।यता मोरङले पहिलो खेलमा खोटाङलाई पराजित गर्‍यो। उसले २५–१४, १२–२५ र २५–२० ले पाजित गर्‍यो। त्यस्तै मोरङले दोस्रो खेलमा तेह्रथुमसँग पराजय भोगेको छ।

तेह्रथुमले मोरङलाई १९–२५, २५–२१ र २५–१५ ले पराजित गर्‍यो। त्यस्तै पहिलो खेलमा झापासँग पराजित धनकुटाले दोस्रो खेलमा जित हाँसिल गरेको छ।धनकुटाले इलामलाई २१–२५, २५–१९ र २५–१७ ले पराजित गरेको हो। 

दोस्रो दिन ७ खेल हुँदै 

सोलुखुम्बुमा जारी तेश्रो मदन भण्डारी स्मृति कप प्रदेश १ स्तरीय पुरुष भलिबल प्रतियोगितामा  बुधबार दोश्रो दिन पनि ९ वटा खेलहरु हुने आयोजकले जानकारी दिएको छ। बुधबार लिग खेलहरू सम्पन्न हुनेछन्। प्रदेश १ को १३ जिल्लाको सहभागिता रहेको प्रतियोगिताको दोश्रो दिन प्रतिस्पर्धात्मक खेल हुने अपेक्षा रहेकोछ ।

दोश्रो दिनको खेलहरू

भोजपुरविरुद्ध उदयपुर
सुनसरीविरुद्ध  संखुवासभा
झापाविरुद्ध इलाम
धनकुटाविरुद्ध  ताप्लेजुङ
उदयपुरविरुद्ध  सोलुखुम्बु
पाँचथरविरुद्ध  संखुवासभा
ताप्लेजुङविरुद्ध  इलाम
ओखलढुंगाविरुद्ध  मोरङ
तेह्रथुमविरुद्ध खोटाङ

आयोजकको खेल तालिकामा दोश्रो दिन कुल ९ खेल खेलाउने कार्यक्रम रहे पनि प्रतियोगितामा ताप्लेजुङ सहभागी नभएका कारण ७ वटा खेल मात्र हुनेछन्। 
फागनु १० गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले एक लाख ५० हजार तथा उपविजेताले एक लाख नगद ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन। त्यस्तै तेस्रो स्थान हासिल गर्ने टोलीले ५० हजार तथा चौथो हुने टोलिले २५ हजार नगदका साथ ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन।

प्रतियोगितामा प्रथम हुनेले नेकपा संसदीय दल प्रदेश १ का प्रमुख सचेतक एवं सांसद बुद्धिकुमार राजभण्डारीको तर्फबाट५० हजार थप पुरस्कार प्रदान गर्ने घोषणा समेत गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.