‘संकटमा छिमेकीले साहस दिने हो, चिढ्याउने होइन’

|

काठमाडौं :  संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगश भट्टराईले नोभल कोरोना भाइरससँग जुधिरहेको छिमेकी मुलुक चीनलाई संकटको बेलामा जिस्क्याएर नचिढ्याउन आग्रह गरेका छन्। 

पर्यटन मन्त्रालयमै सञ्चारकर्मीहरुसँगको कुराकानीका क्रममा उनले संकटमा परेको छिमेकीलाई सबैले साथ दिनुपर्ने बताएका छन्। उनले चीन कोरोना भाइरस नियन्त्रणमा जुटिरहँदा कमजोर बनाउन सकिन्छ कि भनेर दाउपेच गर्न खोज्नु पनि अनुचित हुने बताए । 

‘छिमेकी महाशक्ति राष्ट्र चीनले ठूलो प्रकोपको सामना गरिहेको छ। यस्तो बेलामा चीनलाई जिस्क्याउने र अनर्गल प्रचार गर्ने होइन’, उनले भने, ‘यो मौकाबाट चीनलाई कमजोर बनाउन सकिन्छ कि भनेर दाउपेच गर्ने पनि होइन। हामी नेपाल सरकार र नेपाली जनताबाट चीनलाई सहास दिन चहान्छौँ।’ 

संकटको बेला चीनलाई विश्वस्तरबाट चीलाई ऐकवेवद्धाताको खाँचो रहेको उनले बताए । ‘नेपालले पनि चीनलाई साहस दिने हो। त्यसैले संकटमा साथीकारुपमा हामीले चीनसँगै उभिनुपर्छ’, उनले थपे, ‘चीनले कोरोनाबाट मुक्ति पाएका बेला चिनियाँ पयर्टकहरु बाफ उठे जस्तो बाहिर निस्किन्छन्, त्यसको फाइदा हामीले लिन सक्नुपर्छ।’

एक अंग्रेजी दैनिक पत्रिकामा प्रकाशित सामाग्रीलाई लिएर चिनियाँ दूतावास र १७ जना सम्मापदकहरको नाममा विवाद बढाइरहेका बेला मन्त्री भट्टराईले संकटका बेला चीनलाई साथ दिनुपर्ने अभिमत दिएका हुन्। 

भिडियो

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.